अक्षरधाम मन्दिर, दिल्ली
अक्षरधाम मन्दिर, दिल्ली | |
---|---|
![]() स्वामिनारायण अक्षरधाम मन्दिर, दिल्ली | |
प्राथमिक विवरण | |
स्थान: | रा.रा. 24, नोएडा मोड़, नयाँ दिल्ली, भारत |
निर्देशाङ्क | २८°३६′५०.३५″उ ७७°१६′३९.७३″पू / 28.6139861°N 77.2777028°E |
सम्बन्धन | हिन्दुत्व |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | वास्तु शास्त्र एवम् पंचरात्र शास्त्र |
निर्माता | BAPS, प्रमुख स्वामी महाराज |
नयाँ दिल्ली मा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर एउटा धार्मिक एवम् सांस्कृतिक तीर्थ स्थल हो। यसलाई ज्योतिर्धर भगवान स्वामिनारायणको पुण्य स्मृतिमा बनाइएको छ । यो मन्दिर १०० एकड जग्गामा फैलिएको छ । संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको कारणले गर्दा २६ डिसेम्बर २००७ मा यसलाई गिनीज बुक अफ वर्ल्ड रिकर्ड्समा सूचीकृत गरिएको थियो । योगी महाराज द्वारा प्रेरित हो र प्रमुख स्वामी महाराज द्वारा बनाईएको यो बीएपीएस द्वारा निर्माण गरिएको थियो ।[१]यो मन्दिरले, दिल्ली भ्रमण गर्ने सबै पर्यटकहरूको लगभग ७० प्रतिशत [२][३] लाई आकर्षित गर्दछ र यसलाई आधिकारिक रूपमा ६ नोभेम्बर २००५ मा डा.ए.पी.जे. अब्दुल कलाम द्वारा खोलिएको थियो।
विशेषताहरू
दसद्वार
यो द्वार दसौँ दिशाहरूको प्रतीक हो, जसले वैदिक शुभकामनाहरु लाई प्रतिबिम्बित गर्दछ ।
भक्तिद्वार
यो द्वार परम्परागत भारतीय शैली मा रहेको छ । भक्ति एवम् उपासना को २०८ स्वरूप भक्तिद्वारमा मंडित छन् ।
मयूर द्वार
भारतको राष्ट्रिय पक्षी मयूर, आफ्नो सौन्दर्य, संयम र शुचिता को प्रतीकको रूपमा भगवानको सदा नै प्रिय रहेको हुन्छ। यहाँको स्वागत द्वारमा परस्पर हुदैं भव्य मयूर तोरण एवम् कलामन्डित स्तंभहरूको को ८६९ मयूर नृत्य गरिरहेका छन् । यो शिल्पकला को अत्योत्तम कृति हो।
श्रीहरि चरणार्विंद
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bd/Akshardham_Delhi.jpg/220px-Akshardham_Delhi.jpg)
कीर्तिमान स्थापित
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3d/Akshardhaam_Temple.jpg/220px-Akshardhaam_Temple.jpg)
अक्षरधाम मन्दिरलाई संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको कारणले गिनीज बुक अफ वर्ल्ड रिकर्ड्समा बुधवार, २६ डिसेम्बर २००७ म सूचीकृत गरिएको थियो ।
सन्दर्भ सामग्रीहरू
- ↑ "स्वामिनारायण अक्षरधाम मन्दिर, नयाँ दिल्ली"।
- ↑ Grover, Gundeep, "दिल्लीको उत्कृष्ट स्मारकहरू", Omaxe, ६ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १८, २०१८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Verma, Sharad, "आठौँ आश्चर्य - दिल्ली स्वामीनारायण मंदिरले आधुनिक टेक्नोलोजी प्रयोग गर्दछ", New India Times, अन्तिम पहुँच डिसेम्बर १८, २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१३ मिति
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)