आचे

आचे
Special Region
Other प्रतिलेखन(हरू)
 • जावीاچيه دارالسلام
शीर्ष वायाबाट: बैतर्रह्मान ग्रान्ड मस्जिद, लउट तवार ताफ, सबाङ, गुनुङ लेउसर राष्ट्रिय निकुन्ज, सेउलवाह अगम, सुनामी सङ्ग्राहलय
आचेको झण्डा
आचेको आधिकारिक छाप
उपनाम(हरू): 
सेरम्बी मेक्का
मेक्काको पिँढी
आदर्श वाक्य(हरू): 
"पन्चचिता"(संस्कृत)
"पाँच उद्देश्य"
Map indicating the location of Aceh in Indonesia
इन्डोनेसियाको नक्शामा आचे प्रदेश
निर्देशाङ्क: ५°३३′उ॰ ९५°१९′पू॰ / ५.५५०°N ९५.३१७°E / 5.550; 95.317निर्देशाङ्कहरू: ५°३३′उ॰ ९५°१९′पू॰ / ५.५५०°N ९५.३१७°E / 5.550; 95.317
देश इन्डोनेसिया
स्थापना७ डिसेम्बर १९५६
राजधानी Banda Aceh
सरकार
 • अङ्गआचे क्षेत्रीय सरकार
 • गभर्नरइर्वान्दी युसुफ (आचे राष्ट्रिय पार्टी)
 • उप गभर्नरनोभा इरिअन्स्याह
क्षेत्रफल
 • जम्मा५८,३७६.८१ किमी (२२५३९.४१ वर्ग माइल)
 • क्रम11th
उन्नतांश
१२५ मिटर (४१० फिट)
उच्चतम उचाई
३,४६६ मिटर (११३७१ फिट)
न्यूनतम उचाई
० मिटर (० फिट)
जनसङ्ख्या
 (2016)[१]
 • जम्मा५,०९६,२४८
 • क्रम14th
 • घनत्व८७/किमी (२३०/वर्ग माइल)
  • क्रम20th
वासिन्दा(हरू)Acehnese
Warga Aceh (id)
Kawom Aceh (ace)
Demographics
 • जातीय समूहहरू70.65% आचेली
8.94% जाभाली
7.22% गयो
3.29% बताक
2.13% अलास
1.49% सिमेउलुए
1.40 Aneuk Jamee
1.11% तामिआङ मले
1.04% सिङ्किल
0.74% मिनाङ्काबाउ[२]
 • ReligionIslam 98.19%
Christian 1.12%
Buddhism 0.16%
Catholic 0.07%
Hinduism 0.003% Confucianism 0.0008%
Others 0.006%
 • LanguagesIndonesian (official)
Acehnese (regional)
समय क्षेत्रयुटिसी+7 (समय)
पोस्टल कोड
23xxx, 24xxx
Area codes(62)6xx
आइएसओ ३१६६ सङ्केतID-AC
Vehicle signBL
GRP per capitaUS$ 2,239.49
GRP rank26th
एचडिआई (2016)वृद्धि 0.700 (High)
एचडिआई क्रम12th (2014)
Largest city by areaSubulussalam – १,२०६ वर्ग किलोमिटर (४६६ वर्ग माइल)
जनसङ्ख्याको आधारमा ठूलो सहरबन्द आचे – (220,433 – 2010)
क्षेत्रफलका आधारमा ठूलो रिजेन्सीपूर्वी आचे रिजेन्सी – ६,२८६.०१ वर्ग किलोमिटर (२,४२७.०४ वर्ग माइल)
जनसङ्ख्याको आधारमा ठूलो रिजेन्सीउत्तरी आचे रिजेन्सी – (557,721 – 2014)
वेबसाइटGovernment official site

आचे; (आचेली: आचे ([ʔaˈtɕɛh]); Jawi: اچيه‎; Dutch: Atjeh or Aceh) इन्डोनेसियाको एक प्रदेश हो। यो सुमात्रा टापुको उत्तरी भागमा रहेको छ। आचेको राजधानी सहर बन्द आचे हो।  यो प्रदेश भारतको अन्डामान तथा निकोबार टापु नजिकै रहेको छ। यी दुई टापु र आचेका बिचमा अन्डामान समुद्र रहेको छ। आचे मुस्लिम बाहुल्यता भएको प्रदेश हो। यो प्रदेशमा मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशत इन्डोनेसियाभरिमा सबैभन्दा धेरै रहेको छ। यहाँका मुस्लिमहरूले उनीहरूको कठोर परम्परा तथा कानुनको रूपमा चिनिएको सरिया पालना गर्ने गरेका छन्।[३]

यो क्षेत्रमा १० फरक-फरक समुदायका आदिवासी जनजातिहरू बसोबास गर्दछन्। यी मध्ये सबैभन्दा धेरै करीब ८०-९० प्रतिशत जनसङ्ख्या आचेली मानिसहरूको छ। आचेलाई इन्डोनेसियामा मुस्लिम समुदायको फैलावट सुरु भएको स्थानको रूपमा लिइन्छ।[४] त्यस्तै दक्षिणपूर्वी एसियामा मुस्लिमहरूको फैलावटका लागि मुख्य भुमिका निर्बाह गरेको थियो। आचेमा त्यो समयमा रहेका फन्सुर तथा लमुरी राज्यमा सन् १२५० देखि मुस्लिमहरू पुगेका थिए। सत्रौँ सताब्दीको सुरुवाततिर मुस्लिम राज्य आचे (आचे सल्तनत) मलाक्का स्ट्रेट क्षेत्रको सबैभन्दा धनि, शक्तिशाली तथा विकसित देशको रूपमा चिनिन्थ्यो। आचे एेतिहासिक रूपमा स्वतन्त्र र बाह्य शक्तिसँग डटेर सामना गर्न सफल रहेको थियो। आचेलीहरू डच साम्राज्यवादी मात्र नभइ इन्डोनेसियाली सरकारसँग पनि राजनितिक स्वतन्त्रता कायम राख्न सफल थिए।  आचेमा प्रचुर मात्रामा खनिज तेल तथा प्राकृतिक ग्यासका खानिहरू रहेका छन्। केहीले यस क्षेत्रमा विश्वकै सबैभन्दा धेरै प्राकृतिक ग्यासको भण्डारण रहेको तथ्य अघि सारेका छन्। इन्डोनेसियाका अन्य भूभागहरूको तुलनामा यो क्षेत्रका मानिसहरू धार्मिक रूपमा कट्टर भएको पाइन्छ। सन् २००४ मा हिन्द महासागरमा आएको भूकम्प र विनाशकारी सुनामीको इपिसेन्टरबाट सबैभन्दा नजिकको स्थान आचे नै थियो। उक्त प्राकृतिक विपत्तिका कारण यो प्रदेशको पश्चिमी किनारामा अत्यन्त धेरै विनाश भएको थियो। भूकम्पपछि आएको सुनामीका कारण बेपत्ता वा मृत्यु हुने इन्डोनेसियालीहरूको सङ्ख्या करीब एक लाख सत्तरी हजार पुगेको थियो। यही प्राकृतिक प्रकोपका कारणले स्वतन्त्र आचेको माग गर्दै इन्डोनेसियाली सरकारसँग हतियार  युद्ध गरिरहेको समूह सरकारसँग वार्तामा आउने वातावरण तयार भएको थियो। फलस्वरूप सन् २००५ मा करीब २९ वर्षदेखि युद्ध गरिरहेको गेराकान आचे मेर्देका (गाम) समूहले इन्डोनेसियाली सरकारसँग शान्ति सम्झौता गर्यो।

सन्दर्भ सामग्रीहरू

  1. Cite warning: <ref> tag with name kemenkesehat cannot be previewed because it is defined outside the current section or not defined at all.
  2. Aris Ananta; Evi Nurvidya Arifin; M. Sairi Hasbullah; Nur Budi Handayani; dan Agus Pramono (२०१५), Demography of Indonesia's Ethnicity, Institute of Southeast Asian Studies dan BPS – Statistics Indonesia। 
  3. Map of areas with Sharia influence in law.
  4. How An Escape Artist Became Aceh's Governor वेब्याक मेसिन अभिलेखिकरण २००८-०८-०३ मिति, Time Magazine, 15 February 2007