इँटबुट्टे पुतली

इँटबुट्टे पुतली
वैज्ञानिक वर्गीकरण
जगत:
Animalia
सङ्घ:
Arthropoda
वर्ग:
इङ्सेक्टा
गण:
लेपिडोपट्रा
कुल:
प्लुटेलिडा
वंश:
Plutella
प्रजाति:
P. xylostella
वैज्ञानिक नाम
Plutella xylostella
(Linnaeus, 1758)
पर्याय
  • Phalaena xylostella Linnaeus, 1758
  • Phalaena tinea xylostella Linnaeus, 1758
  • Cerostoma xylostella (Linnaeus, 1777)
  • Cerostoma maculipennis Curtis, 1832
  • Plutella maculipennis
  • Plutella albovenosa (Walsingham, 1907)
  • Plutella karsholtella Baraniak, 2003
  • Plutella cruciferarum Zeller, 1843
  • Plutella brassicella Fitch, 1856
  • Plutella limbipennella Clemens, 1860
  • Plutella mollipedella Clemens, 1860
  • Gelechia cicerella Rondani, 1876
  • Tinea galeatella Mabille, 1888
  • Plutella dubiosella Beutenmüller, 1889
  • Plutella dudiosalla Moriuti, 1977

इँटबुट्टे पुतली (अङ्ग्रेजी: Diamondblack moth वा Cabbage Moth, Plutella xylostella) पातको तल्लो भागमा बसी पात कोत्रेर खाइ पातको माथिल्लो झिल्ली मात्र बाँकी राखी नष्ट गर्ने कीरा हुन्।[] क्रुसिफेरि बालीको मुख्य किराका रूपमा लिइने यस किरा प्लुटेलोडि परिवारमा पर्दछ।

जीवन चक्र

यसका पखेटा १५ मिलिमिटर हुन्छ भने अगाडिका पखेटा खैरो-खरानी रङका हुन्छन् जसमा डायमन्ड आकारका थोप्लाहरू हुन्छन्। भाले पुतलीका आयु छोटा हुन्छन् भने पोथीका तीन देखि चार हप्ता हुने गर्दछ।

कृषिमा असर

लार्भाले मुख्य रूपमा क्रसिफेरी परिवारका पात, फूल, र बिउलाई हसर गर्दछ। लार्भा सानो भएपनि धेरै भएको अवस्थामा पातहरू पूरा नष्ट गर्ने गर्दछ र बन्दा, ब्रोकाउली र काउलीलाई पूर्ण रूपमा नष्ट पार्न पनि सक्दछ। मुख्यत: त्यति बढी चिसो नभएको ठाउँमा यो रहन्छ।

समाधान

काउली समूहका तरकारी बालीहरूको बाँकी रहेका अवशेष नष्ट गर्नुपर्छ। बेर्ना सारेको २० दिनदेखि निम मार्क ३–५ एम.एल/ली. पानीमा झोल बनाइ छर्ने र १५–१५ दिनको फरकमा पुनः छरी रहनु पर्छ। जैविक विषादी का रूपमा रहेको ब्यासिलस थुरेन्जेन्सिस (बि.टि.) नामक पदार्थ ०.५ किलोग्राम/हे.को दरले प्रयोग गर्न सकिन्छ। किटनाशक रसायनको प्रयोग :फेनवेलरेट २ ०.७५–१.०/ केलडान ५० ए.पी. २ २.०/न्यूकिल्न १० ई.सी. १.५/डुनेट १२.५ एल २ ६–९ एम.एल. वा ग्राम प्रति लीटर पानीमा १ एम.एल. स्टीकर मिसाई छर्नुपर्छ। बेर्ना सारेको १० दिन पछि २५ के.जी. केलडान (४ जी.) माटोमा छर्नुपर्छ। विषादी प्रतिरोधात्मक शक्ति यसमा विकास भएको पाइनु पनि यसको मुख्य समस्या बनेको छ।

सन्दर्भ सामग्री

  1. N. S. Talekar; A. M. Shelton (१९९३), "Biology, ecology and management of the diamondback moth", Annual Review of Entomology 38: 275–301, डिओआई:10.1146/annurev.en.38.010193.001423 

बाह्य कडीहरू