इच्छाकामना गाउँपालिका

इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालिका is located in बागमती प्रदेश
इच्छाकामना गाउँपालिका
नेपालको नक्सामा इच्छाकामना गाउँपालिकाको अवस्थिति
इच्छाकामना गाउँपालिका is located in नेपाल
इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५२′N ८४°३७′E / 27.87°N 84.62°E / 27.87; 84.62
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रकारगाउँ सभा
 • अध्यक्षदानबहादुर गुरुङ (नेकपा (एमाले))
 • उपाध्यक्षमाया सिलवाल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१६६.६७ किमी (६४.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,६४३
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५६
केन्द्रसाविकको दारेचोक गाविसको कार्यालय, कुरिनटार
वेबसाइटichchhakamanamun.gov.np

इच्छाकामना गाउँपालिका चितवन जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा चितवन जिल्लामा साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउलेदहखानी गाउँ विकास समितिहरूलाई समेटेर इच्छाकामना गाउँपालिका घोषणा गरिएको थियो।[][]

लामो झरना, सिराइचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केबलकार, त्रिशुली नदी, मुग्लिङ बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो।

भौगोलिक अवस्थिति

इच्छाकामना गाउँपालिकाको क्षेत्रफल १६६.७३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला पश्चिममा तनहुँ जिल्ला तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन्। यो गाउँपालिका समुन्द्री सतह ५०० मिटर उचाइ देखि १५०० मिटर उचाइमा अवस्थित छ। यो गाउँपालिका २७०४८३५.३९ उत्तरी अक्षांश देखि ८३०३४९७.५ पूर्वी देशान्तर सम्म फैलिएको छ।[]

जनसाङ्ख्यिकी

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार यस गाउँपालिकको कुल जनसङ्ख्या २७,६४३ रहेको छ[] भने यहाँ ६,१८५ घरधुरी रहेका छन्। राष्ट्रिय जनगणना, २०७८ अनुसार, यहाँ ३७.४% सहित चेपाङ जातिको बाहुल्यता रहेको छ। यस्तै गुरुङ २३.१%, मगर ११.८%, तामाङ ४.८%, पहाडी ब्राह्मण ४.२%, क्षेत्री ४.१%, धर्ती/भुजेल ३.३%, नेवार ३.०%, विश्वकर्मा २.३% र परियार १.५% रहेका छन्। हिन्दु धर्म मान्नेहरूको जनसङ्ख्या १८,३५९ अर्थात् ६६.४% रहेको छ भने बौद्ध धर्म मान्नेहरूको जनसङ्ख्या ४,६९५ अर्थात् १७.०% रहेको छ। यस्तै इसाई धर्म मान्नेहरूको सङ्ख्या ३,७४७ अर्थात् १३.६% रहेको छ।[]

वडा जानकारी

वडाका अध्यक्षहरू

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "इच्छाकामना गाउँपालिकाको संक्षिप्त परिचय" (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१ 
  8. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  9. "जात जाती", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच ११ असोज २०८१ 


बाह्य कडीहरू