उगो योरिस
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | उगो हद्रियन दोमिनिक योरिस[१] | |||||||||||||||||||||
जन्म मिति | [२] | २६ डिसेम्बर १९८६|||||||||||||||||||||
जन्म स्थान | निस, फ्रान्स | |||||||||||||||||||||
उचाइ | १.८८ मिटर[३] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | गोलरक्षक | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | टोटनह्याम | |||||||||||||||||||||
सङ्ख्या | १ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् १९९३–१९९७ | CEDAC Cimiez | |||||||||||||||||||||
सन् १९९७–१००५ | निस | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
सन् २००५–२००६ | निस ख | २० | (०) | |||||||||||||||||||
२००५–२००८ | निस | ७२ | (०) | |||||||||||||||||||
सन् 2००८–२०१२ | लियोने | १४६ | (०) | |||||||||||||||||||
सन् 2०२२– | टोटनह्याम | २५१ | (०) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २००४ | १८ वर्ष मुनि | ३ | (०) | |||||||||||||||||||
सन् १००४–२००५ | १९ वर्ष मुनि | १४ | (०) | |||||||||||||||||||
सन् २००६ | २० वर्ष मुनि | ४ | (०) | |||||||||||||||||||
सन् १००६–२००८ | २१ वर्ष मुनि | ५ | (०) | |||||||||||||||||||
सन् १००८– | फ्रान्स | ११४ | (०) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:४३, ७ मार्च २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० सेप्टेम्बर २०१९ |
उगो योरिस (जन्म: २६ डिसेम्बर १९८६), एक फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्स राष्ट्रिय फुटबल टोली र अङ्ग्रेजी फुटबल क्लब टोटनह्याम हट्स्पर फुटबल क्लबका लागि गोलरक्षकको रूपमा मैदान उत्रने गर्दछन्। उनी राष्ट्रिय टोली र क्लबका कप्तान पनि हुन्।
निसमा जन्मिएका उनी सन् १९९५ देखि नै निसको स्थानीय फुटबल क्लब ओजिसे निसका लागि पहिलो पटक फुटबल क्षेत्रमा आएका थिए। उनलाई सन् २००० मा अरूका माझ परिचित बनेका थिए। सन् २००८ मा, उनले फ्रान्सको लिग अँमा प्रदर्शन गर्ने क्लब ओलाँपिक लियोनेसँग आबद्ध भएका थिए। उनले सो क्लबमा उत्कृष्ट प्रदर्शन गर्दै उनको पुस्ताको एक सवल गोलरक्षकको रूपमा आफूलाई उभ्याउन सफल भएका थिए। उनले तीन पटक लिग अँमा उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरिसेका छन्। सन् २०१० मा उनले क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुर्याउनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए। सन् २०१२ मा, उनले क्लबको कुप द फँसको उपाधि हात पार्दै अङ्ग्रेजी फुटबल क्लब टोटनह्याममा आबद्ध भएका थिए।[४]
लन्डनको उक्त क्लमा उनी सन् २०१२ को संस्करणमा आएका थिए। क्लबमा उनको उत्कृष्ट प्रदर्शन रहेका कारण उनलाई विश्वको सर्वश्रेष्ठ गोलरक्षकहरू मध्येको एक मानिन्छ। सन् २०१८-१९ युइएफए च्याम्पियन्स लिगमा उनले पटक पटक विपक्षीहरूको प्रहारलाई असफल तुल्याउँदै टोलीलाई उक्त प्रतियोगिताको फाइनल सम्म पुर्याउन अहम् भूमिका निर्वाह गरेका थिए, तथापि, टोली लिभरपुलसँग २-० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। उनले प्रथम पटक च्याम्पियन्स लिगको फाइनल खेल खेल्ने मौका पाएका थिए। उनी हालसम्म, टोटनह्याममा सर्वाधिक उपस्थिति जनाउने गोलरक्षक हुनुका साथ साथै उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै उपस्थिति जनाउने फ्रान्सेली गोलरक्षक पनि हुन्। उनी सन् २०१५ मा क्लबको कप्तानको रूपमा नियुक्त भएका थिए। [५] उनले युरो २००८ पछि फ्रान्सेली टोलीमा प्रदापण गरेका थिए र सन् २००९ को अन्त्यदेखि उनी शीर्ष स्थानमा रहन सफल छन्। त्यसपछि उनी सन् २०१० को विश्वकपमा कप्तानको रूपमा उपस्थित भएका थिए।
उनीसँग राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा धेरै प्रतियोगिताहरूको विवरण रहेको छ। सन् २०१० फिफा विश्वकप, सन् २०१२ युरो, सन् २०१४ विश्वकप, सन् २०१६ युरो र सन् २०१८ फिफा विश्वकपमा उनले फ्रान्सको टोलीलाई नेतृत्व गर्ने गोलरक्षकको रूपमा सेवा गरेका थिए र उनकै कप्तानीमा रहेको राष्ट्रिय टोलीले सन् २०१८ फिफा विश्वकपको विजेता बन्न सफल भएको थियो।[६]
सन् २०१६ र सन् २०१९ को बीचमा, उनले तीन सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताहरूको फाइनल सम्मको यात्रा तय गरेका थिए जसमा सन् २०१६ युरो, सन् २०१८ फिफा विश्वकप र सन् २०१८-१९ युइएफए च्याम्पियन्स लिग समावेश छ।
बाल्यकाल र व्यतिगत जीवन
क्लव कार्यकाल
अन्तर्राष्ट्रिय कार्यकाल
कार्यकाल तथ्याङ्क
क्लब
क्लब | संस्करण | लिग | राष्ट्रिय प्रतियोगिता | लिग प्रतियोगिता | युरोप | अन्य[११] | जम्मा | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विभाग | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | ||
ओजिसे निस ख | २००४–०५ | चाम्पियोनात नेसनल २ | १२ | ० | — | — | — | — | १२ | ० | ||||
सन् २००५–०६ | ८ | ० | — | — | — | — | ८ | ० | ||||||
जम्मा | २० | ० | ० | ० | ० | ० | ० | ० | ० | ० | २० | ० | ||
ओजिसे निस | सन् २००५–०६ | लिग अँ | ५ | ० | ० | ० | ५ | ० | — | — | १० | ० | ||
सन् २००६–०७ | ३७ | ० | ० | ० | ० | ० | — | — | ३७ | ० | ||||
सन् २००७–०८ | ३० | ० | ० | ० | ० | ० | — | — | ३० | ० | ||||
जम्मा | ७२ | ० | ० | ० | ५ | ० | ० | ० | ० | ० | ७७ | ० | ||
लियोने | सन् २००८–०९ | लिग अँ | ३५ | ० | २ | ० | ० | ० | ८ | ० | १ | ० | ४६ | ० |
सन् २००९–१० | ३६ | ० | २ | ० | ० | ० | १४ | ० | — | ५२ | ० | |||
सन् २०१०–११ | ३७ | ० | २ | ० | ० | ० | ८ | ० | — | ४७ | ० | |||
सन् २०११–१२ | ३६ | ० | ३ | ० | १ | ० | ८ | ० | — | ४८ | ० | |||
सन् २०१२–१३ | २ | ० | ० | ० | ० | ० | ० | ० | ० | ० | २ | ० | ||
जम्मा | १४६ | ० | ९ | ० | १ | ० | ३८ | ० | १ | ० | १९५ | ० | ||
टोटनह्याम हट्स्पर | सन् २०१२–१३ | प्रिमियर लिग | २७ | ० | ० | ० | १ | ० | ५ | ० | — | ३३ | ० | |
सन् २०१३–१४ | ३७ | ० | १ | ० | १ | ० | ६ | ० | — | ४५ | ० | |||
सन् २०१४–१५ | ३५ | ० | ० | ० | १ | ० | ८ | ० | — | ४४ | ० | |||
सन् २०१५–१६ | ३७ | ० | ० | ० | ० | ० | ९ | ० | — | ४६ | ० | |||
सन् २०१६–१७ | ३४ | ० | १ | ० | ० | ० | ८ | ० | — | ४३ | ० | |||
सन् १०१७–१८ | ३६ | ० | ० | ० | ० | ० | ७ | ० | — | ४३ | ० | |||
सन् १०१८–१९ | ३३ | ० | ० | ० | ० | ० | ११ | ० | — | ४४ | ० | |||
सन् १०१९–२० | १२ | ० | २ | ० | ० | ० | ४ | ० | — | १८ | ० | |||
जम्मा | २५१ | ० | ४ | ० | ३ | ० | ५८ | ० | ० | ० | ३१६ | ० | ||
कार्यकाल भरिमा | ४८९ | ० | १३ | ० | ९ | ० | ९६ | ० | १ | ० | ६०८ | ० |
अन्तर्राष्ट्रिय
- अद्यावधिक १० सेप्टेम्बर २०१९[७]
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोल |
---|---|---|---|
फ्रान्स | सन् २००८ | १ | ० |
सन् २००९ | ७ | ० | |
सन् २०१० | ११ | ० | |
सन् २०११ | ११ | ० | |
सन् २०१२ | १३ | ० | |
सन् २०१३ | ११ | ० | |
सन् २०१४ | ११ | ० | |
सन् २०१५ | ७ | ० | |
सन् २०१६ | १३ | ० | |
सन् २०१७ | ९ | ० | |
सन् २०१८ | १४ | ० | |
सन् २०१९ | ६ | ० | |
जम्मा | ११४ | ० |
सन्दर्भ सामग्रीहरू
- ↑ "Décret du 31 décembre 2018 portant promotion et nomination"। Journal Officiel de la République Française (फँसेली भाषा) (२०१९ संस्करण)। १ जनवरी २०१९। सङ्ग्रह मिति २४ अगस्ट २०१९।
- ↑ "फिफा विश्वकप रूस २०१८: खेलाडीहरूको सूची: फँस" (पिडिएफ)। फिफा। १५ जुलाई २०१८। पृष्ठ ११। सङ्ग्रह मिति ११ जनवरी २०१९।
- ↑ "उगो योरिस: अवलोकन"। प्रिमियर लिग। सङ्ग्रह मिति ११ जनवरी २०१९।
- ↑ Hugo Lloris, le capitaine qui n'aime pas la lumière.
- ↑ Caillet, Jean-Baptiste (२०१६-०६-१९)। "Qui est le plus grand capitaine de l'équipe de France ?" (फ्रान्सेली भाषा)। L'Équipe। सङ्ग्रह मिति २०१८-०७-१७।
- ↑ "Décret du 31 décembre 2018 portant promotion et nomination"। legifrance.gouv.fr। १ जनवरी २०१९। सङ्ग्रह मिति ८ सेप्टेम्बर २०१९।
- ↑ ७.० ७.१ "Lloris, Hugo", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १० जनवरी २०१३।
- ↑ "La Carriere de Hugo Lloris" (फ्रान्सेलीमा), Ligue de Football Professionnel, मूलबाट १८ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१०।
- ↑ "Hugo LLORIS" (फ्रान्सेली भाषा)। ओलाँपिक लियोने। सङ्ग्रह मिति ७ फेब्रुअरी २०१०।
- ↑ Hugo Lloris प्रोफाइल सकरवेमा. Retrieved २ January २०१८.
- ↑ त्रफिस देस चाम्पियन्स सहित अन्य प्रतियोगिताहरू पनि समावेश छ,
बाह्य कडीहरू
- उगो योरिस टोटनह्याम हट्स्पर डटकममा
- उगो योरिस – फिफा प्रतियोगिता तथ्याङ्क
- उगो योरिस – लिग द फुतबल फ्रोसेस्योनेलमा (फँसेलीमा पनि उपलब्ध छ)
- उगो योरिस सकरबेसमा