करार

करार contract(eng) कुनै दुई वा सोभन्दा बढि पक्षहरूबिच कुनै काम गर्न वा नगर्नको लागि भएको कानुनी संझौतालाई करार (contract) भनिन्छ।

दुई पक्षबीच केही काम गर्न वा नगर्नको लागि भएको सम्झौता
दुई वा सोभन्दा बढी पक्षबीच केही काम गर्न वा नगर्नको लागि भएको सम्झौता

करार भन्नाले दुई वा सोभन्दा बढी पक्षबीच केही काम गर्न वा नगर्नको लागि भएको सम्झौतालाई जनाउँदछ । करार वा सम्झौता हर्‍क सम्बन्धको आधारको रूपमा रहन्छ, जहाँ दुई वा सो भन्दा बढी व्यक्तिहरु एउटा काममा संलग्न हुन्छन्। त्यसैले करार एक कानुनी अस्त्र हो जसले सम्झौतासँग गाँसिएका पक्षहरूको आकांक्षालाई सफलीभूत हुने कुराको आश्वस्त पार्दछ। विधिशास्त्रत्रिय अवधारणामा करारमा दुई प्तमुख तत्वहरु हुन्छन् ।: सम्झौता र दायित्व ।

प्रकृति

  • सम्झौता
  • दायित्वको सिर्जना
  • कानुनद्वारा लागू हुने
  • दुई वा सोभन्दा व्यक्ती वा पक्ष

करारका कार्यहरु

मुलकार्य

  • पक्षहरुका बीच भएका सम्झौतामा उल्लेखित दायित्वहरूको कार्यान्वयन गर्ने विधिको व्यवस्थ गर्दछ र सोबमोजिम काम गर्न पक्षहरूलाई बाध्य पार्दछ ।
  • यसले पक्षहरूको भविश्यका योजनाहरूलाई अघि बढाउन प्रोत्साहन गर्दछ र सम्भावित पतिस्थितिलाई पहिचान गरी त्यसबाट पर्न सक्ने क्षति वा असुबिधालाई न्यूनीकरन गर्न योजनाबद्ध व्यवस्थ मिलाउँछ ।

अतिरिक्त कार्य

  • करारले कारोबार तथा विनियमको मूल्य निर्धारण गर्दछ ।
  • सम्बन्धित पक्षका कर्तव्य र उत्तर्दायित्वहरू तथा उनीहरूले चाहेबमोजिमको परिपालानाको स्तरलाई निर्धारण गर्दछ ।
  • पक्षहरुबीचको कारोबारमा उत्पन्न हुन सक्ने सम्भावित आर्थिक जोखिम वा नोक्सानीलाई पक्षहरु बीच अगृम रूपमा बाँडफाँड गर्न सक्षम गर्दछ ।
  • करारीय दायित्वहरु पूरा नगरेको कारणबाट पर्न गएको क्षतिको लागि पीडित पक्षलाई उपचारको प्रबन्ध गर्दछ ।
  • करारले यसमा सहभगी पक्षहरुका आपसी द्वन्द्वात्मक स्वार्थहरुका बीच समन्वय गरी उनीहरूलाई निश्चित साझा उद्देश्यमा पुर्याउने एउटा औजारको काम गर्दछ।

बैध करारका अत्यावश्यक तत्त्वहरु

  • दुई पक्ष
  • कानुनी सम्बन्ध सिर्जना गर्ने मनसाय
  • प्रस्ताव र स्वीकृति
  • सहमती
  • प्रतिफल
  • करारीय क्षमता
  • स्वतन्त्र सहमती
  • वैधानिक उद्देश्य
  • कानुनी रूपमा अबैध घोषणा नभएको
  • करार परिपालनाको सम्भाव्यता
  • प्रष्ट र निश्चित
  • कानुनी प्रकृया पूरा भएको

करारका प्रकारहरु

करारको वैधताको आधारमा

  1. वैध करार
  2. बदर हुने करार
  3. बदर गराउन सकिने करार
  4. गैर कानुनी करार
  5. लागू नहुने करार
  6. शुन्य करार
  7. कार्यान्वयन गर्न नसकिने करार

करार निर्माणको आधारमा

  1. व्यक्त
  2. अव्यक्त
  3. अर्ध व्यक्त

पक्षको करारमा रहेको दायित्वको आधारमा

  1. एक पक्षीय करार
  2. द्विपक्षीय करार ( दुई पक्षीय करार )

करार परिपालनाको आधारमा

  1. कार्यान्वयन भै सकेको करार
  2. कार्यान्वयन गर्न बांकी रहेको करार

सांयोगिक घटनामा आधरित करार

  1. साधारण करार
  2. सांयोगिक करार