टेकबहादुर बस्नेत
टेक बहादुर बस्नेत | |
---|---|
Member of Parliament, Pratinidhi Sabha | |
पद बहाली 4 March 2018 | |
निर्वाचन क्षेत्र | Salyan 1 |
Member of Constituent Assembly | |
कार्यकाल 28 May 2008 – 14 October 2017 | |
पूर्वाधिकारी | Prakash Jwala |
निर्वाचन क्षेत्र | Salyan 1 |
व्यक्तिगत विवरण | |
जन्म | [१] सल्यान जिल्ला | १७ सेप्टेम्बर १९६५
राष्ट्रियता | Nepali |
राजनीतिक दल | CPN (Maoist Centre) |
अन्य राजनीतिक संलग्नता | CPN (Mashal) |
एकिकृत नेकपा माओवादीको तर्फबाट सल्यान जिल्लाबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधानसभा सदस्य टेकबहादुर बस्नेत प्राविधिक जागीरे छाडेर जनयुद्धमा होमिने थोरै नेतामा पर्नुहुन्छ। शिक्षण पेशा पछि उहाँ लामो समय कृषि प्राविधिक जेटिए भएर रुकुम, सल्यान, डोल्पालगायत थुप्रै जिल्लामा काम गर्नुभएको थियो। २०४२ साल देखि वामपन्थी राजनीतिमा आस्था राखे पनि बस्नेतले २०५० सालमा जागीर छोडेर माओवादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो। उहाँ जिल्ला समितिको सदस्यहुँदै सचिव र इन्चार्ज पनि हुनुभयो।
जनमुक्ति सेनातर्फ उहाँ डिभिजनको कमिसारको जिम्मेवारी समेत बस्नेतले पुरा गर्नुभएको छ। तीन दर्जन हाराहारीका युद्ध मोर्चामा सहभागी हुनुभएका बस्नेत बेनी, अर्घाखाँचीजस्ता ठूला लडाइँमा पनि भाग लिनुभएको थियो।
वाणिज्य शास्त्रमा स्नातक तहसम्मको औपचारिक अध्ययन पुरा गर्नुभएका बस्नेत हाल माओवादीको सल्यान इन्चार्ज तथा राज्य समितिको सचिवालय सदस्य पनि हुनुहुन्छ। सल्यान कोतमौला गाविस ३ बिउरेखोलाका स्थायी बासिन्दा बस्नेत फुर्सदमा घुम्न रुचाउनुहुन्छ।
जनताका भावना अनुरूप सङ्घीय गणतान्त्रिक र निम्न वर्गको हितमा ध्यान दिने संविधान लेख्न आफ्नो पहल रहेन बस्नेतको भनाई छ। [२]
सन्दर्भ
- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति