डेस्टिनीज चाइल्ड

डेस्टिनीज चाइल्ड
फेब्रुअरी ३, २०१३ मा डेस्टिनीज चाइल्डको सुपर बोलमा प्रस्तुति
व्यक्तिगत विवरण
उपनामगर्ल्स टाइम
उत्पत्तिह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका
विधाआर एन्ड बी
सक्रिय वर्षसन् १९९७ - सन् २००६
लेबल
  • इलेक्ट्रा रेकर्ड्स
  • कोलम्बिया रेकर्ड्स
  • म्यूजिक वर्ल्ड इन्टरटेन्मेन्ट
वेबसाइटdestinyschild.com
पूर्व सदस्य(हरू)

डेस्टिनीज चाइल्ड सन् १९९७ मा ह्युस्टन, टेक्ससमा बनेको तीन चोटी ग्रामी पुरस्कार जितेको अमेरिकी महिला आर एन्ड बी समूह थियो । चार व्यक्तिको "गर्ल्स टाइम" नामक समूहबाट पछि डेस्टिनीज चाइल्ड बियोन्से, केली रोल्यान्ड र मिशेल विलियम्स रहेको साङ्गीतिक त्रय बनेको थियो । विश्व सङ्गीत पुरस्कार अनुसार डेस्टिनीज चाइल्ड विश्वकै सर्वाधिक रेकर्ड बिक्री गरेको समूह थियो । जून १२, २००५ मा बार्सिलोनामा आयोजित प्रत्यक्ष प्रदर्शनको अन्त्यमा डेस्टिनीज चाइल्डको विघटनको घोषणा गरिएको थियो । उक्त समूहका सदस्यले सङ्गीत, अभिनय र नाट्यशालाको क्षेत्रमा विभिन्न कार्यमा सहभागिता जनाउने इच्छा प्रकट गरेका थिए ।[]

सन् २००६ मा डेस्टिनीज चाइल्डको आधिकारिक विघटन भएको थियो ।[] हालसम्म डेस्टिनीज चाइल्डले कुल ६ करोड रेकर्डको बिक्री गरेको छ । बिलबोर्डले उक्त समूहलाई विश्वकै सर्वाधिक प्रचलित त्रयमध्ये एक, सन् २००० को दशकको सबैभन्दा सफल त्रय्मध्ये नवौँ र इतिहासकै सर्वश्रेष्ठ १०० कलाकारका सूचीमा ६८ औँ स्थानमा सूचिकृत गरेको छ ।[][][] सन् २०१६ मा बिलबोर्डले डेस्टिनीज चाइल्डलाई सर्वाधिक सफलता प्राप्त समूहको सूचीमा ९० औँ स्थानमा सूचिकृत गरेको थियो ।[]

सङ्गीत

  • डेस्टिनीज चाइल्ड
  • द राइटिङ्स अन द वाल
  • सर्भाइभर
  • ८ डेज अफ क्रिसमस
  • डेस्टिनी फुल्फिल्ड

सदस्य

डेस्टिनीज चाइल्ड
द राइटिङ्स अन द वाल
सर्भाइभर
८ डेज अफ क्रिसमस
डेस्टिनी फुल्फिल्ड
लटोया लकेट
लटेभिया रबर्सन
फेरा फ्रयाङ्क्लिन
मिशेल विलियम्स
1997
1998
1999
2000
2001
2002
2003
2004
2005
2006
ब्यान्ड सदस्य र स्टुडियो एल्बम

प्रत्यक्ष प्रस्तुति

प्रमुख कलाकारको रूपमा प्रस्तुति

  • १९९९ युरोपियन टूर (सन् १९९९)
  • २००२ वर्ल्ड टूर (सन् २००२)
  • डेस्टिनी फुल्फिल्ड...लभिङ इट (सन् २००५)

सहायक कलाकारको रूपमा प्रस्तुति

  • टोटल रिक्वेस्ट लाइभ टूर (३ एलडब्लू, ड्रीम, जेस्सिका सिम्सन, सिटी हाइ, इभ, नेली र सेन्ट लुनटिक्सका साथमा) (सन् २००१)

ओपनिङ एक्टको रूपमा प्रस्तुति

  • एसभीडब्लू टूर (सन् १९९६)
  • एभोल्यूशन टूर (सन् १९९८)
  • फ्यानमेल टूर (सन् १९९९)
  • इन्ट्रोड्यूसिङ आइएमएक्स टूर (सन् २०००)
  • क्रिस्टिना एग्युलेरा इन कन्सर्ट (सन् २०००)
  • (यू ड्राइभ मि) क्रेजी टूर (सन् २०००)

सन्दर्भ सामग्री

  1. "98.9 Magic FM - Biography - Destiny's Child", ९८.९ म्याजिक एफएम [स्थायी मृत कडी]
  2. व्याक्सम्यान, ओलिभिया (जनवरी ११, २०१३), "Beyoncé and Destiny's Child to Release Original Track for First Time in Eight Years", टाइम, मूलबाट जनवरी १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जून ११, २०१३ 
  3. "Billboard Greatest Trios of All Time", बिलबोर्ड, मूलबाट अप्रिल ३०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १३, २००८ 
  4. "Best of the 2000s. Artists of the Decade", बिलबोर्ड, प्रोमिथियस ग्लोबल मिडिया, पृ: १, मूलबाट सेप्टेम्बर १३, २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ७, २०१२ 
  5. "The Billboard Hot 100 All-Time Top Artists", बिलबोर्ड, नीलसेन बिजनेस मिडिया, मूलबाट सेप्टेम्बर १३, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १७, २००८ 
  6. "Greatest of All Time Top Dance Club Artists : Page 1", मूलबाट जुलाई ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २०२० 

बाह्य कडी