दीपक बोहरा

Deepak Bohara
दिपक बोहरा
प्रतिनिधि सभा सदस्य
पद बहाली
निर्णय हुन बाँकी
पूर्वाधिकारीघनश्याम भुसाल
निर्वाचन क्षेत्ररुपन्देही ३
दोश्रो संविधान सभा सदस्य
कार्यकाल
21 January 2014 – 14 October 2017
पूर्वाधिकारीOm Prakash Yadav Gulzari
उतराधिकारीविष्णुप्रसाद पौडेल
निर्वाचन क्षेत्ररुपन्देही २
राष्ट्रिय पञ्चायत सदस्य
कार्यकाल
२०४२–२०४६
सहकर्मी निरञ्जन थापा
निर्वाचन क्षेत्ररुपन्देही
व्यक्तिगत विवरण
जन्म (1951-03-31) ३१ मार्च १९५१ (उमेर ७३)
रुपन्देही, नेपाल
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

दीपक बोहरा (जन्म:२००७ चैत १८ )[] एक नेपाली राजनीतिज्ञ तथा व्यवासायी हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता हुन् । उनी रुपन्देही-३ को प्रतीनीधी सभा सदस्य हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचन मा बोहोराले तत्कालीन गृहमन्त्री  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।[] बोहरा बि.सं. २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष, २०५७ मा बैंक अफ काठमान्डुको अध्यक्ष भएका थिए। रुपन्देहीमा उनले सुरु गरेको "भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना" भैलुभुज को कारण उनलाई सम्झिने गरिन्छ।

राजनैतिक जीवन

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७० को निर्वाचन

बोहरा २०६४ सालको संविधानसभा चुनावमा रुपन्देही–१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भए।[]

२०७४ को निर्वाचन

प्रतिनिधि सभा निर्वाचन, २०७४ मा उनी नेकपा एमालेका घनश्याम भूसाल सँग पराजित भए । भुसाललाई माओवादी केन्द्रको साथ थियो भने बोहोरालाई नेपाली कांग्रेसको साथ थियो ।[] २०७४ को निर्वाचनमा २७ हजार ४ सय २२ मत ल्याएर बलियाे वाम गठबन्धनका उम्मेदवार घनश्‍याम भुसाललाई उनले चुनौती दिएका थिए। एमालेबाट विजयी भुसालले ३२ हजार मत ल्याएका थिए । []

मन्त्री

साल मन्त्रालय प्राधनमन्त्री
२०३८ पर्यटन राज्यमन्त्री
२०३८ पर्यटन सहायकमन्त्री
२०४० पर्यटन राज्यमन्त्री
२०४३ निर्माण तथा यातायात राज्यमन्त्री
२०४४ निर्माण तथा यातायातमन्त्री
२०६७ वन तथा भूसंरक्षण मन्त्री
२०७२ श्रम तथा रोजगार मन्त्री केपी ओली
२०७३ आपूर्तिमन्त्री प्रचण्ड
२०७४ स्वास्थ्यमन्त्री शेरबहादुर देउवा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू