दोर्दी गाउँपालिका
दोर्दी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१४′N ८४°१७′E / 28.23°N 84.29°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | युवराज अधिकारी (नेकपा एमाले) |
• उपाध्यक्ष | विच्छबहादुर घले (नेपाली काङ्ग्रेस )) |
क्षेत्रफल | |
• जम्मा | ३५०.९३ किमी२ (१३५.४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,०५० |
• घनत्व | ४६/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५२ |
केन्द्र | साविकको नौथर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
दोर्दी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[३][४] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८) वडाहरू, भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी र बन्सार गाउँ विकास समितिहरूलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो ।[५][६]
भौगोलिक अवस्थिति
दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १८,३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दूधपोखरी गाउँपालिका, पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका, उत्तरमा मर्स्याङ्दी गाउँपालिका र गोरखा जिल्ला तथा दक्षिणमा राईनास, सुन्दरबजार नगरपालिका र दूधपोखरी गाउँपालिका रहेका छन् ।[७]
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोर्दी गाउँपालिकाको कुल जनसङ्ख्या १६,०५० रहेको छ भने यहाँ ४,५२४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।