नरसिङ्गा
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Narsinga_%28%E0%A4%A8%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%97%E0%A4%BE%29%2C_a_large_curved_trumpet_from_Nepal.jpg/220px-Narsinga_%28%E0%A4%A8%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%97%E0%A4%BE%29%2C_a_large_curved_trumpet_from_Nepal.jpg)
नरसिङ्गा पञ्चैबाजा समूहको मुख्य बाजा हो। यो अर्को बाजा कर्नाल जस्तै हो। यो बाजा मुखले फुकेर बजाइन्छ। यो तामाको पातलो पाताबाट बनेको हुन्छ। यो झण्डै अर्धचन्द्राकार हुन्छ। यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ। यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ। नरसिङ्गा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ। नरसिङ्गालाई धुत्तुरी पनि भन्ने गरेको सुनिन्छ।
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
- केही सांस्कृतिक चिह्नारी[स्थायी मृत कडी]