नेपाल स्टक एक्सचेन्ज

Nepal Stock Exchange
नेपाल स्टक एक्स्चेन्ज लि.
The NEPSE logo
प्रकारसेयर बजार
स्थानकाठमाडौं, नेपाल
निर्देशाङ्क२७°४१′५३″N ८५°१९′१२″E / २७.६९८°N ८५.३२०°E / 27.698; 85.320
स्थापनासन् १९९३
मालिकनेपाल सरकार
प्रमुख व्यक्तिLaxman Neupane (अध्यक्ष)
मुद्रानेपाली रुपैयाँ (NPR)
सूचीकृत कम्पनीहरू३७० (Scrips)
बजार पूँजीकरणUS$ 17.3 Billion (15/9/2017)
सूचकाङ्कनेप्सी परिसूचक
वेबसाइटwww.nepalstock.com.np /www.nepalstock.com
नेप्से: नेपाल बैङ्क लिमिटेड मार्केट डेप्थ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (छोटोमा नेप्से) नेपालको एक मात्र स्टक एक्सचेन्ज हो। यो काठमान्डौ सिंहदरबार प्लाजा मा अवस्थित छ। २०७७ कार्तिक को अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरूको बजार पुँजीकारण करिब १८.१४ अरब अमेरिकी डलर रहेको छ। सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरूलाई तरलता प्रदान गर्नुका साथै सो को निर्वाध खरिद बिक्रि सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोश्रो बजार स्टक एक्सचेन्ज हो।

इतिहास

नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो। यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो।

नेप्सेले सार्वजनिक रूपमा जारी भएका धितोपत्रहरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ। यो कार्यलाई सूचीकरण भनिन्छ।[]

कार्यहरू

यसका कार्यहरू निम्नलिखित छन् :

  • सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्रि गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ। निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ ।
  • पुँजी बजारका बारेमा जनचेतना फैलाउँछ।
  • पुँजी बजारको विकास र विस्तारका लागि सी.डी.एस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकारधितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ।
  • पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐन अनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्छ।
  • नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरूलाई ओ.टि.सि. मार्केट मार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ।
  • स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ।
  • नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ ।[]

स्वामित्व साझेदारी

नेप्से परिसूचक

नेप्से परिसूचक (NEPSE Index) नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत धितोपत्रहरूको समग्र प्रदर्शनलाई मापन गर्ने प्रमुख सूचकांक हो। यो सूचकांकले शेयर बजारको समग्र दिशा र प्रदर्शनको संकेत दिन्छ।

परिसूचकको गणना

नेप्से परिसूचकलाई बजार पूंजीकरण पद्धति (Market Capitalization Method) मार्फत गणना गरिन्छ। बजार पूंजीकरण कुनै पनि समयावधिमा सूचीबद्ध कम्पनीहरूको बजार मूल्य हो। नेप्से परिसूचक गणना गर्दा सबै सूचीकृत कम्पनीहरूको बजार पूंजीकरणलाई आधार मानिन्छ।

प्रमुख परिसूचकहरू

नेप्से परिसूचकका प्रमुख सूचकहरू निम्नानुसार छन्:

  1. नेप्से परिसूचक: यो प्रमुख सूचकांक हो जसले समग्र शेयर बजारको प्रदर्शनलाई मापन गर्छ।
  2. सेन्सेटिभ इन्डेक्स (Sensitive Index): यस सूचकांकमा ए-क्लासका बैंकहरू मात्र समावेश गरिएका छन्। यसले विशेषत: वाणिज्य बैंकहरूको प्रदर्शनलाई मापन गर्छ।
  3. फ्लोट इन्डेक्स (Float Index): यस सूचकांकमा बजारमा उपलब्ध फ्लोटिंग शेयरहरूको प्रदर्शनलाई समेटिएको हुन्छ।
  4. सेन्सेटिभ फ्लोट इन्डेक्स (Sensitive Float Index): यसमा ए-क्लासका बैंकहरूको फ्लोटिंग शेयरहरूको प्रदर्शन समावेश गरिएको हुन्छ।

हालको अवस्था

नेप्से परिसूचक नियमित रूपमा बदलिन्छ र यसमा विभिन्न आर्थिक, राजनीतिक र बजार-संबन्धी घटनाहरूको प्रभाव पर्छ। नेपाल स्टक एक्सचेन्जले दैनिक रूपमा नेप्से परिसूचकको जानकारी सार्वजनिक गर्दछ, जसले लगानीकर्ताहरूलाई बजारको वर्तमान अवस्था र प्रवृत्तिलाई बुझ्न मद्दत गर्दछ।

महत्व

नेप्से परिसूचकले लगानीकर्ताहरूलाई बजारको समग्र स्वास्थ्यको सूचक दिन्छ र यसले लगानीको निर्णय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। साथै, यो सरकार, नीति निर्माताहरू र आर्थिक विश्लेषकहरूका लागि पनि महत्त्वपूर्ण उपकरण हो।

संरचना

NEPSE को वर्तमान चुक्ता पुँजी NRs. 1,00,00,00,000 छ। यसका सेयर होल्डरहरुमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक (पूर्व नेपाल औद्योगिक विकास निगम), लक्ष्मी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र अन्य धितोपत्र व्यवसायी (ब्रोकरहरू) रहेका छन्।

शेयरधारकहरू र स्वामित्व

क्र.सं. सेयर होल्डर कम्पनिहरु स्वामित्व (%) शेयर संख्या
1 नेपाल सरकार 58.66 58,66,000
2 नेपाल राष्ट्र बैंक 9.5 9,50,000
3 कर्मचारी सञ्चय कोष 10.00 10,00,000
4 राष्ट्रिय वाणिज्य बैंक 11.23 11,23,000
5 लक्ष्मी बैंक लिमिटेड 5.00 5,00,000
6 प्रभु बैंक लिमिटेड 5.00 5,00,000
7 अन्य 0.60 60,000

यो पनि हेर्नुहोस्

सन्दर्भ

  1. नेपाल स्टक एक्सचेन्ज लिमिटेड वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०५ मिति
  2. नेपाल स्टक एक्सचेन्जले गर्ने कार्यहरु