बास्टियन स्वाइन्स्टाइगर
![]() बास्टियन २०१४ मा | ||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | बास्टियन स्वाइन्स्टाइगर[१] | |||||||||||||||||||||
उचाइ | १.८३ मी (६ फिट ० इन्च)[२] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | केन्द्रिय मिडफिल्डर | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | सिकागो फायर | |||||||||||||||||||||
सङ्ख्या | ३१ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
1990–1992 | एफभी ओबेराउडर्फ | |||||||||||||||||||||
1992–1998 | टीएसभी १८६० रोसेनहेम | |||||||||||||||||||||
1998–2002 | बायर्न म्युनिख | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
2001–2005 | बायर्न म्युनिख II | 33 | (2) | |||||||||||||||||||
२००२-२०१५ | बायर्न म्युनिख | ३४२ | (४५) | |||||||||||||||||||
२०१५-२०१७ | म्यान्चेस्टर युनाईटेड | १८ | ||||||||||||||||||||
२०१७- | सिकागो फायर | ३८ | (५) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर | ||||||||||||||||||||||
2000 | Germany U16 | 1 | (0) | |||||||||||||||||||
2001–2002 | Germany U18 | 11 | (2) | |||||||||||||||||||
2002–2003 | Germany U19 | 7 | (2) | |||||||||||||||||||
2004 | Germany U21 | 7 | (2) | |||||||||||||||||||
2004–2016 | जर्मनी | १२१ | (२४) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २६ अक्टोबर २०१७ |
बास्टियन स्वाइन्स्टाइगरⓘ जन्म: १ अगस्ट १९८४ जर्मन फुटबलर हुन् जो बायर्न म्युनिख र जर्मनी राष्ट्रिय फुटबल टिमको मध्यपंक्ति सम्हाल्ने गर्छन् । उनी राष्ट्रिय टिमका कप्तान समेत हुन् ।
क्लब जीवन
स्वाइन्स्टाइगर बायर्न म्युनिखको युवा टोलीमा १ जुलाई १९९८ मा आबद्ध भएका हुन् । युवा टोलीमा उनको सफलता देखेर बायर्नले उनलाई सिनियर टोलीमा स्थान दिनुपर्ने महसुस गर्यो । बायर्नको वरिष्ठ टोलीबाट नोभेम्बर २००२ मा उनले डेब्यु गरे । छोटो समयमै बायर्नमा राम्रो छाप छोड्न सफल भएकाले उनी प्रशिक्षकका विश्वासिला खेलाडी भए । उनको बायर्नका लागि पहिलो गोल भीएफएल उल्फ्सबर्ग विरूद्ध सेप्टेम्बर २००३ मा निस्कियो । २०१४ को अन्त्यसम्म आइपुग्दा उनले बायर्नको तर्फबाट सम्पुर्ण प्रतिस्पर्धामा ५०० भन्दा बढी खेल खेलेर ५० बढी गोल गरेका छन् ।
अन्तराष्ट्रिय जीवन
२००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरे यता ३ फिफा विश्वकप र ३ युइएफए यूरोमा जर्मनीको फुटबल सँगसँगै हिँडेका स्वाइन्स्टाइगरले राष्ट्रिय टोलीका लागि १०८ खेलमा २३ गोल गरिसकेका छन् ।
खेल्ने तरिका
जर्मनीको कोल्बेरमुरमा जन्मिएका स्वाइन्सटाइगर आफ्नो जादुयी खेलले सबैलाई मन्त्रमुग्द पार्न खप्पिस मानिन्छन् । स्वाइन्स्टाइगर मध्यपंक्तिको सम्पुर्ण क्षेत्रमा सक्रिय रहन्छन भने दायाँ र बायाँ विङ्गमा पनि आफ्नो जादु छोड्न सफल मानिन्छन् । स्वाइन्स्टाइगरका केही डरलाग्दा लामो दुरीका प्रहारहरू देख्दा उनमा असिमित शक्ति भरिएको झैँ लाग्छ । "मिड-फिल्ड मोटर"को उपनाम पाएका उनी खेललाई राम्ररी पढ्न सक्छन् । प्रशिक्षक योआखिम लोले त झनै उनलाई जर्मन राष्ट्रिय फुटबल टोलीको मस्तिष्कको उपमा दिएका छन् । "मिडफिल्ड मास्टरमाइन्ड" उनको अर्को उपनाम हो ।
व्यक्तिगत जीवन
उनका प्रशंसकले उनलाई "स्वाइनी" वा "बास्टी" भनेर चिन्दछन् । टेनिस खेलाडी एना इभानोभिक उनकी प्रेमिका हुन् । उनी रोमन क्याथोलिक हुन् ।
सन्दर्भ सामग्रीहरू
- ↑ "List of Players" (PDF), FIFA, अन्तिम पहुँच २६ जनवरी २०१२।
- ↑ "Bastian Schweinsteiger", FC Bayern Munich, ७ अक्टोबर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २००८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
- आधिकारिक वेबसाइट (जर्मनेली)
- Bastian Schweinsteiger at FCBayern.de
- Bastian Schweinsteiger वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१४ मिति at Sportepoch.com
- Bastian Schweinsteiger – फिफा प्रतियोगिता तथ्याङ्क
खेल्ने स्थानहरू | ||
---|---|---|
पूर्वाधिकारी | जर्मनी captain २०१४–२०१६ |
पछिल्लो म्यानुअल न्युएर |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)