बिरयानी
परिकार | मुख्य भोजन |
---|---|
क्षेत्र वा राज्य | दक्षिण एसिया, मध्य पूर्व, मध्य एसिया, दक्षिण पूर्व एशिया |
मुख्य सामग्रीहरू | चामल, मसला, मासु (कुखुरा, खसी, आदि) |
सामान्यतया प्रयोग हुने सामग्रीहरू | केसर, अण्डा, तरकारी, सुकेको फल (बदाम, किसमिस, काजु, छोकडा), घिउ |
चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको परिकारलाई बिरयानी भनिन्छ । एसियाको सबै स्थानहरूमा यो स्थान केही फरक तरिका र सामाग्री प्रयोग गरेर विभिन्न प्रकारमा बनाइन्छ । यसलाई राइतो, चटनी, वा सब्जीसँग खाइन्छ । यो परिकार भारतमा मुगल शासनकालमा उत्पत्ति भएको मानिन्छ ।
सामग्री
- १ किलो बासमती चामल
- १/२ किलो खसी या कुखुराको मासु वोसो छाला हड्डी नभएको
- २०० ग्राम प्याज मसिनो काटेको
- १/२ लिटर दूध
- बदाम ५० ग्राम
- काजु किसमिस ५०/५० ग्राम
- ४/५ वटा सुकुमेल, ल्वाङ, सुकुमेल, तेजपात, दालचिनी
- अदुवा लसुन टुक्रा १०० ग्राम
- मटर दाना १०० ग्राम
- घिउ १०० ग्राम
- बदामको तेल १ ठूलो चम्चा
- बिरयानी मसला
- नून
- अजिनामोटो इच्छाअनुसार
- केसर ५/६ टुक्रा
- १/४ चम्चा बेसार ।
बनाउने विधि
चामल सफा गरी भिजाउनु, मासु सफ गरी नून राखी उसिन्नु र सानो पिस गर्नु १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु। प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, भुटेर छुट्टै राख्नु अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु चामको पानी सुकेपछि मटर मासु र भुटेको प्याज राख्नु, काजु किसमिसले सजाई र्सर्भिस गर्नु ।
विभिन्न स्थान का बिरयानीहरू
-
हैदराबादी बिरयानी
-
ईराकी बिरयानी
-
चिकेन दम बिरयानी
-
बर्मेली बिरयानी
विकिमिडिया कमन्समा बिरयानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।