ब्रायन हटन हज्सन
ब्रायन हटन हज्सन नेपालका लागि बेलायती रेजिडेन्सी (दूत) थिए। सन् १८२० देखि अढाइ दशकसम्म नेपालका लागि रहँदा उनले नेपालमा विभिन्न सामग्री सङ्कलन गरेका थिए।
अनुसन्धान
हज्शनले विभिन्न विधाका सामग्रीहरू सङ्कलन गरी लण्डन पुर्याएका थिए। जुन सामग्रीलाई सामग्रीहरूलाई हज्शन पाण्डुलिपि भनिएको छ। अधिक समय दार्जीलिङमा रहेर खोज गरेका हज्शनको सम्पर्कमा थुप्रै नेपाली थिए। तीमध्ये ताप्लेजुङको ढुङ्गेसाँघुका जोभानसिं वनेम पनि थिए। जोभानसिंले आफ्ना पुर्खाहरूले गोर्खालीविरुद्ध लड्दाका युद्धवर्णन पुर्खाहरूबाट सुनेका घटना लिम्बू भाषामा सिरिजंगा लिपिमा लेखेर हज्शनलाई बुझाएका थिए।
हज्शनबारे पुस्तक
साढे दुई सय वर्षअघिको विषयलाई लिएर अनुसन्धान गरिएको कृति हज्शन पाण्डुलिपिमा गोर्खा-लिम्बुवान-खम्बुवान पुस्तक वि.सं. २०७० वैशाखमा काठमाडौंमा सार्वजनिक गरियो। उक्त पुस्तक अर्जुनबाबु माबुहाङ र भरत तुङघङले लेखेका हुन्।
सन्दर्भ सामग्रीहरू
बाहिरी लिङ्कहरू
- हज्सन पाण्डुलिपि पुस्तक सार्वजनिक[स्थायी मृत कडी]