भोइस-ओभर

एक व्यक्ति भोइस ओभर रेकर्ड गर्दै।

भोइस-ओभर (बाह्य क्यामरा वाचन वा बाह्य रङ्गमञ्च वाचन) यो रेडियो, टेलिभिजन कार्यक्रम निर्माण, चलचित्र निर्माण, रङ्गमञ्च, वा अन्य यस्तै प्रस्तुतीकरणहरूमा प्रयोग गरिन्छ।[] पटकथा पढेर वा अवस्था अनुसार बोलेर यस्को प्रयोग हुन सक्छ। आवाजको प्रतिभा भएको आवाज अभिनयबाट विशेष सिङ्क्रोन्स (भिडियोमा बोलेको कुरा मिलाएर बोल्ने) गरि भिडियोमा भइरहेको संवादलाई बयान गर्दै त्यसै अनुसार आवाजको अभिनय गर्ने कार्यलाई साधारणतया भोइस ओभर भनिन्छ। मूल भाषामा मात्र रहेका चलचित्र वा अन्य भिडियोलाई भोइस ओभर गरेर स्थानीय भाषामा प्रदर्शन गर्ने गरिन्छ।

भोइस ओभरलाई भिडियो गेमहरू र होल्ड गरिएका फोन सन्देशहरूमा समेत प्रयोग गरिन्छ, [] साथै यसलाई विज्ञापनहरू, पर्यटन गन्तव्यहरूमा उद्घोषण गरिने घोषणाहरू र जानकारीको लागि प्रयोग गर्न सकिन्छ। पुरस्कार प्रस्तुतिको वा यस्तै कार्यक्रमको लागि प्रत्यक्ष पढेर वा बोलेरै पनि प्रयोग गर्न सकिन्छ। भोइस ओभरले कुनै पनि संवादमा थप सुन्दरता प्रदान गर्छ र आवाज अभिनय वा संवादको आवाज बदल्ने प्रक्रियाको रुपमा बुझ्नु पर्दछ। यसलाई डबिङ (पुन: आवाज दिने काम) पनि भनिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. Merriam Webster's Online Dictionary
  2. Types of voice-over[स्थायी मृत कडी]