मोतिहारी

मोतिहारी
मोतिहारीको प्रतीक चिह्न
उपनाम: 
ताल सहर
मोतिहारी is located in बिहार
मोतिहारी
मोतिहारी
बिहार, भारतमा स्थान
निर्देशाङ्क: २६°३९′००″उ॰ ८४°५५′००″पू॰ / २६.६५०००°N ८४.९१६६७°E / 26.65000; 84.91667निर्देशाङ्कहरू: २६°३९′००″उ॰ ८४°५५′००″पू॰ / २६.६५०००°N ८४.९१६६७°E / 26.65000; 84.91667
देश भारत
राज्यबिहार
जिल्लापूर्वी चम्पारण
क्षेत्रफल
 • जम्मा२३६.९७ किमी (९१.४९ वर्ग माइल)
 • क्रम०४
उन्नतांश
६२ मिटर (२०३ फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा४२६१५८
 • घनत्व१८००/किमी (४७००/वर्ग माइल)
भाषा
 • आधिकारिकहिन्दी[]
 • अतिरिक्त अधिकारीउर्दु
 • क्षेत्रीयभोजपुरी[]
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

मोतिहारी भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला एउटा सहर र मुख्यालय हो। यो मुजफ्फरनगर ८० किलोमिटर पश्चिम र राज्यको राजधानी पटना १५२ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। प्रारम्भिक दिनहरूमा मोतिहारीको भूमिमा विदेह, सुङ्ग, कण्व जस्ता विभिन्न राज्यहरूले शासन गरेका थिए। चम्पारण राजा जनकको साम्राज्यको प्रमुख हिस्सा हुने गरेको पनि विश्वास गरिन्छ। महात्मा गान्धीले आफ्नो प्रसिद्ध सत्याग्रह आन्दोलन यहाँबाट सुरु गरे।

भूगोल

मोतिहारी उत्तर पश्चिमी बिहारमा २६°३९' उत्तर र ८४°५५' पूर्वमा अवस्थित छ।[] यो राज्यको राजधानी पटनाबाट लगभग १६५ किलोमिटर (१०३ माइल), बेतियाबाट ४५ किलोमिटर (२८ माइल), मुजफ्फरपुरबाट ७२ किलोमिटर (४५ माइल), मेहसीबाट ४० किलोमिटर (२५ माइल) र सीतामढीबाट ७५ किलोमिटर (४७ माइल) टाढा छ। यो बेतियाबाट लगभग ४० किलोमिटर (२५ माइल) दक्षिणपूर्वमा एउटा तालको पूर्वी किनारमा अवस्थित छ।

जनसाङ्ख्यिकी

२०११ भारतीय जनगणना अनुसार, मोतिहारीको कुल जनसङ्ख्या १२६,१५८ थियो, जसमा ६७,८६१ पुरुष र ५८,२९७ महिलाहरू थिए, जसको लिङ्ग अनुपात ८५९ थियो। शून्यदेखि छ वर्ष उमेर समूहको जनसङ्ख्या १६ हजार ८७० रहेको छ। मोतिहारीमा कुल साक्षरको सङ्ख्या ९२,७९८ रहेको छ, जुन कुल जनसङ्ख्याको ७३.६% हो जसमा पुरुष साक्षरता ७६.२% र महिला साक्षरता ७०.५% रहेको छ। मोतिहारीको ७+ जनसङ्ख्याको प्रभावकारी साक्षरता दर ८४.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ८८.१% र महिलाको साक्षरता दर ८१.२% रहेको छ। सन् २०११ मा मोतिहारीमा २२ हजार २२४ घरधुरी थिए।

सन्दर्भ सामग्रीहरू

  1. "52nd Report of the Commissioner for Linguistic Minorities in India", nclm.nic.in, Ministry of Minority Affairs, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१९ 
  2. "Bhojpuri", Ethnologue (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ सेप्टेम्बर २०२० 
  3. "Google Maps", Google Maps (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ जनवरी २०२०