मोदी गाउँपालिका
मोदी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / 28.17°N 83.67°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | पर्वत |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | हिरादेवी शर्मा (नेकपा (एमाले)) |
• उपाध्यक्ष | विमल लामीछाने (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १४३.६ किमी२ (५५.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,७९४ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको देउपुरकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मोदी गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घा (७,८) र फलामखानी गाविसहरू यसमा गाभिएका थिए।
यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको देउपुरकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिका र कुश्मा नगरपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ।[४]
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोदी गाउँपालिकाको कुल जनसङ्ख्या १८,७९४ रहेको छ भने यहाँ ५,४०४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।