योसेफ वेइडेमेयर

योसेफ वेइडेमेयर (सन् १८१८-१८६६) - जर्मन तथा अमेरिकी मजदुर आन्दोलनका एक प्रसिद्ध कार्यकर्ता, कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सका मित्र एवं सहयोगी हुन् । मार्क्स र एंगेल्सकै प्रभावमा परेर उनी "सच्चा समाजवादको" स्थितिबाट वैज्ञानिक साम्यवादतर्फ आकृष्ट भएका थिए र 'कम्युनिष्ट सङ्घ'का सदस्य रही जर्मनी सन् १८४५-१८४९ को क्रान्तिमा पनि भाग लिएका थिए । [१]
स्रोतहरू

विकिमिडिया कमन्समा योसेफ वेइडेमेयर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।