लियाकत अली खान
नवाबजादा लियाकत अली खान | |
---|---|
لِیاقت علی خان | |
प्रथम पाकिस्तानको प्रधानमन्त्री | |
कार्यकाल १५ अगस्ट १९४७ – १६ अक्टोबर १९५१ | |
एकाधिपति | जर्ज छैटौँ |
महाराज्यपालक | मोहम्मद अली जिनाह (सन् १९३७–१९३८) ख्वाजा नाजिमुद्दिन (सन् १९३८–२९५१) |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | ख्वाजा नाजिमुद्दिन |
प्रथम रक्षामन्त्री | |
कार्यकाल १५ अगस्ट १९४७ – १६ अक्टोबर १९५१ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | ख्वाजा नाजिमुद्दिन |
प्रथम परराष्ट्रमन्त्री | |
कार्यकाल १५ अगस्ट १९४७ – २७ डिसेम्बर १९४९ | |
सहायक | मोहम्मद इक्रामुल्लाह (विदेश सचिव |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | मोहम्मद जाफरुल्लाह खान |
राज्य र सीमान्त क्षेत्र मन्त्रालय | |
कार्यकाल १५ अगस्ट १९४७ – १६ अगस्ट २०५१ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | महमुद हुसेन |
बेलायत शासित भारतको अर्थमन्त्री | |
कार्यकाल २९ अक्टोबर १९४६ – १४ अगस्ट १०४७ | |
एकाधिपति | जर्ज छैटौँ |
महाराज्यपालक | आर्किबाल्ड वेवेल (सन् १९४३–१९४७) लुई माउन्टबेटन (सन् १९४७) |
उपराष्ट्रपति | जवाहरलाल नेहरू |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | पद खारेज |
पाकिस्तान मुस्लिम लिगका अध्यक्ष | |
कार्यकाल ११ सेप्टेम्बर १९३८ – १७ अक्टोबर १९५१ | |
पूर्वाधिकारी | मोहम्मद अली जिनाह |
उतराधिकारी | ख्वाजा नाजिमुद्दिन |
व्यक्तिगत विवरण | |
जन्म | [१] उत्तर-पश्चिम प्रदेश, बेलायत शासित भातर[१] (हाल उत्तर प्रदेश, भारत) | १ अक्टोबर १८९५
मृत्यु | १६ अक्टोबर १९५१ रावलपिन्डी, पश्चिम पञ्जाब, पाकिस्तान (हाल पञ्जाब, पाकिस्तान) | (उमेर ५६)
मृत्युुको कारण | हत्या |
चिहान | मजरे कायद |
राष्ट्रियता | भारतीय (सन् १८९५–१९४७) पाकिस्तानी (सन् १९४७–१९५१) |
राजनीतिक दल | अखिल भारतीय मुस्लिम लिग (सन् १९२१–१९४७) पाकिस्तान मुस्लिम लिग (सन् १९४७–१९५१) |
जीवन साथी | राना लियाकत अली खान ( वि १९३२–१९५१) |
मातृ शिक्षाप्रतिष्ठान | अलीगढ मुस्लिम विश्वविद्यालय (स्नातक राजनीति विज्ञान) अक्सफोर्ड विश्वविद्यालय (कानुनमा स्नातक) |
लियाकत अली खान (उर्दु: لِیاقت علی خان; कायदे मिल्लत (उर्दु: قائد ملت) वा सहिदे मिल्लत (उर्दु: شہِیدِ مِلّت), एक पाकिस्तानी राजनीतिज्ञ, वकिल, राजनीतिक सिद्धान्तकार र पाकिस्तानका अग्रणी संस्थापकहरू मध्ये एक थिए। १५ अगस्ट १९४७ मा, स्वतन्त्रताको एक दिन पछि, खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका थिए। उनले सन् १९४७ देखि १९५१ मा उनको हत्या नहुन्जेलसम्म पहिलो विदेश मन्त्री, रक्षामन्त्री र सीमावर्ती क्षेत्र मन्त्रीको रूपमा मन्त्रिपरिषद् पनि सम्हालेका थिए। यस भन्दा पहिले, खानले भारतका तत्कालीन महाराज्यपाल लुइस माउन्टबेटनको नेतृत्वमा पाकिस्तान र भारतको स्वतन्त्रताको अन्तरिम सरकारमा ब्रिटिस भारतको अर्थ मन्त्रीको रूपमा छोटो समयको लागि कार्यकाल सम्हालेका थिए।
उनी एक प्रजातान्त्रिक राजनीतिक सिद्धान्तकार थिए जसले ब्रिटिस भारतमा संसदवादलाई बढावा दिएका थिए। पहिलो पटक भारतीय राष्ट्रिय काङ्ग्रेसमा आमन्त्रित भएपछि, उनले मोहमद अली जिनाहको नेतृत्वमा अखिल भारतीय मुस्लिम लिगमा सामेल हुने निर्णय गरेका थिए जो एक भारतीय स्वतन्त्रता कार्यकर्ता जसले पछि हिन्दू-बहुल भारतबाट अलग मुस्लिम राष्ट्र-राज्यको लागि वकालत गरेका थिए। खानले जिनाहलाई पाकिस्तान आन्दोलनको रूपमा चिनिने अभियानमा सहयोग गरेका थिए।
शीतयुद्धको सुरुवातमा नयाँ स्वतन्त्र पाकिस्तानको प्रधानमन्त्रीका रूपमा खानको विदेश नीति सोभियत सङ्घको नेतृत्वमा रहेको पूर्वी गठबन्धनको तुलनामा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको पश्चिमा गठबन्धनको पक्षमा थियो। उनी असंलग्न आन्दोलनको पक्षमा थिए। बलुचिस्तानको आन्तरिक अशान्ति र भारतविरुद्धको पहिलो कश्मीर युद्धको सामना गरेकोमा असन्तुष्टिको सामना गर्दै उनको सरकार सन् १९५१ मा पाकिस्तानी सेनाको नेतृत्वमा बामपन्थी राजनीतिक प्रतिद्वन्द्वीहरूको 'कू' को प्रयासबाट जोगिएको थियो। तैपनि, उनी जनतामाझ निकै लोकप्रिय रहँदै उद्देश्य संकल्प जारी गर्न जिम्मेवार थिए, जसले विकासशील पाकिस्तानी संविधानले युरोपेली वैचारिक ढाँचा नअपनाउने र यसको सट्टा मौलिक रूपमा इस्लामको विचारधारामा आधारित हुने भन्ने निर्धारण गरेको थियो। सन् १९५१ अक्टोबर १६ का दिन रावलपिन्डी सहरमा आयोजित एक राजनीतिक र्यालीका क्रममा खानलाई सैद अकबरले हत्या गरेका थिए।[२]
प्रारम्भिक जीवन
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "Tributes paid to Liaquat Ali Khan on his death anniversary", The News International, १८ अक्टोबर २०२०, अन्तिम पहुँच २७ फेब्रुअरी २०२१।
- ↑ "प्रधानमन्त्रीको एउटै नियति : कोही बर्खास्ती, कसैको हत्या, कसैले पूरा गर्न पाएनन् पूर्ण कार्यकाल", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच १० फागुन २०७९।
बाह्य कडीहरू
- संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दै गरेका लियाकत अली खानका तस्वीरहरू वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१६ मिति
राजनीतिक कार्यकाल | ||
---|---|---|
नयाँ कार्यालय | अर्थमन्त्री सन् १९३६–१९४७ |
पछिल्लो षण्मुखम चेट्टी |
पाकिस्तानको प्रधानमन्त्री सन् १९४७–१९५१ |
पछिल्लो ख्वाजा नाजिमुद्दिन | |
रक्षामन्त्री सन् १९३७–१९५१ | ||
परराष्ट्रमन्त्री सन् १९४७ |
पछिल्लो मोहम्मद जाफरुल्लाह खान |