विकिपिडिया:स्रोत उल्लेख
सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।
सन्दर्भ सामग्रीको उदाहरण:
श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५
सन्दर्भ सामग्री जोड्न
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref>
प्रयोग गर्नुहोस् ।
कानुन सभ्यतासँगै सुरू भयो ।<ref> अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>
यो यस्तो देखिनेछ...
- कानुन सभ्यतासँगै सुरू भयो ।[1]
सन्दर्भ सुची तयार पार्न
लेखको अन्तिम भागमा वाह्य लिङ्कहरू भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।
लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्...
<references />
वा {सन्दर्भसूची}
को प्रयोग गर्नुहोस् ।
==सन्दर्भ सामग्री== {सन्दर्भसूची}
साधारण सन्दर्भ
लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
नोट
- सन्दर्भ सामग्रीका रुपमा प्रयोग हुने "Template:Citation" का लागि अङ्ग्रेजी विकिको सहायता लिनुहोस् ।