शार्ल लुई मन्टेस्क्यु
चार्ल्स लुई डे सेकन्डट, बरोन डे ला ब्रेड मोन्टेस्क्यु (१८ जनवरी १६८९ – १० फेब्रुअरी १७५५), प्रचलित रुपमा मोन्टेस्क्यु फ्रान्सेली न्यायाधीश, बौद्धिक, इतिहासकार, र राजनीतिक दार्शनिक.थिए। उनी फ्रान्स का प्रसिद्ध पुँजीजीवी प्रवोधनवादी, वैधानिक राजतन्त्र, शक्ति पृथकीकरण का सिद्धान्तकारका रुपमा चिनिन्छन्।
संसारभरि धेरै संविधानहरूमा लागू गरिएको शक्तिहरूको विभाजनको सिद्धान्तको मुख्य स्रोत उनी हुन्। उनी राजनीतिक शब्दकोशमा निरंकुशता शब्दको स्थान सुरक्षित गर्न कुनै पनि अन्य लेखक भन्दा बढी काम गरेकोमा पनि चिनिन्छन् । उनको अज्ञात रूपमा प्रकाशित द स्पिरिट अफ ल (१७४८) पुस्तक बेलायत र अमेरिकी उपनिवेश दुवैमा राम्रोसँग परिचित भई, संयुक्त राज्य अमेरिकाका संस्थापक पिताहरूलाई अमेरिकी संविधानको मस्यौदामा प्रभाव पारेको थियो ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e4/Charles_Montesquieu.jpg/220px-Charles_Montesquieu.jpg)
जीवनी
स्रोतहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा शार्ल लुई मन्टेस्क्यु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।