सरकारी ऋण

अमेरिकी सरकारी ऋणपत्र: १९७६ ८% ट्रेजरी नोट्, ऋणपत्र सरकारले ऋण उठाउने एक माध्यम हो ।

सरकारी ऋण ( अङ्ग्रेजी: Government debt) ( सार्वजनिक ऋण, राष्ट्रिय ऋणसार्वभौम ऋण पनि भनिन्छ ) [] केन्द्रीय सरकारको ऋण हो । संघीय राज्यहरूमा, सार्वजनिक ऋणले राज्य वा प्रान्त सरकार, वा नगरपालिका वा स्थानीय सरकारको ऋणलाई पनि जनाउन सक्छ। वार्षिक सरकारी घाटाले एक वर्षमा सरकारी आय र व्यय बीचको भिन्नतालाई बुझाउँछ।

सार्वजनिक ऋणको वर्गीकरण

सार्वजनिक ऋणलाई स्रोतको वा वर्गीकरणलाई निम्न आधारमा विभाजन गर्न सकिन्छ:

समय अनुसार

प्रत्येक ऋण निश्चित अवधिको लागि लिइन्छ। समय अनुसार, सार्वजनिक ऋणलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  1. अल्पकालीन कर्जा : सरकारले एक वर्षसम्मका लागि लिने ऋणलाई अल्पकालीन ऋण भनिन्छ । (उदाहरण: ट्रेजरी बिल)
  2. दीर्घकालीन ऋण: यी ऋणहरू दस वर्षभन्दा बढीका लागि हुन्
  3. फन्डेड लोन: सरकारले ऋणको मूल रकम फिर्ता गर्न बाध्य नभएको अवस्थामा त्यसलाई फन्डेड लोन भनिन्छ।
  4. अनफन्डेड कर्जाः सरकारले निश्चित मितिभित्र साँवा र ब्याज तिर्न प्रतिवद्धता गरेको ऋणलाई अनफन्डेड ऋण भनिन्छ।

प्रयोग अनुसार

प्रयोग अनुसार, सार्वजनिक ऋण निम्न तरिकामा उल्लेख गर्न सकिन्छ:

  1. उत्पादक ऋण: उत्पादनमूलक ऋण उत्पादन उद्देश्यका लागि प्रयोग गरिने ऋण हो।
  2. अनुत्पादक कर्जाः अनुत्पादक ऋण भन्नाले त्यस्तो कर्जा हो जसको खर्चले न आय आर्जन गर्छ न उत्पादन क्षमता बढाउँछ ।

प्रकृति अनुसार

सार्वजनिक ऋणहरूलाई तिनीहरूको प्रकृति अनुसार निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  1. स्वैच्छिक ऋण: यी ऋणहरू जनताले आफ्नो इच्छा अनुसार सरकारलाई उपलब्ध गराउँछन्। सरकारले ऋणको सर्त र शर्त अनुसार ब्याजसहित ऋण चुक्ता गर्छ ।
  2. अनैच्छिक ऋण: युद्ध वा संकटको अवस्थामा, सरकारले मानिसहरूलाई ऋण दिन दबाब दिन सक्छ। मानिसहरूले स्वेच्छिक रूपमा यी ऋणहरू दिँदैनन्, त्यसैले यी ऋणहरूलाई अनैच्छिक ऋण भनिन्छ।

ऋण प्राप्ति स्रोतको अनुसार

ऋण प्राप्तिको आधारमा सार्वजनिक ऋणहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  1. आन्तरिक कर्जाः आन्तरिक ऋण भनेको कुनै देशभित्र त्यस देशका जनता वा बैंकहरू जस्ता वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने ऋण हो।
  2. वैदेशिक ऋण : विदेशी तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त ऋणलाई विदेशी ऋण भनिन्छ ।

जिडिपिमा सार्वजनिक ऋणको हिस्सा

अन्तर्राष्ट्रिय मुद्रा कोष अनुसार, जिडिपिमा सार्वजनिक ऋणको हिस्सा

अन्तर्राष्ट्रिय मुद्रा कोष अनुसार, जिडिपि भन्दा धेरै सार्वजनिक ऋण भएका देशहरू

सरकारी ऋण (जिडिपिको % )
Country and region General government

gross debt २०२४[]

Gross debt[]

२०२२

Net debt[]

२०२१

 दक्षिण सुडान २८०.३ १२७.५५२
 जापान २५४.६ २६१.२८९ १६८.१
 सिङ्गापुर १६२.५ १३४.१५९
 ग्रिस १५८.८ १७७.४३४
 इटाली १३९.२ १४४.६९६ १३८.३
 बहराइन १२६ ११७.५८७
 संयुक्त राज्य अमेरिका १२३.३ १२१.६८३ ९९.६
 माल्दिभ्स १२१.१ ११४.९४३
 लाओस ११५.५ १२८.५१४
 केप भर्ड ११२.२ १२७.४०७ १३०.५
 फ्रान्स १११.६ १११.०६३ १०१.१
 भुटान १११.४ १२४.७९५
 बार्बाडोस १०७.५ १२०.७८१ १३४.३
 स्पेन १०६.३ १११.९७८ १०२.८
 बेल्जियम १०५.४ १०५.२७० ९३.७
 क्यानडा १०४.७ १०६.५९० ३१.६
 संयुक्त अधिराज्य १०४.३ १०२.६३६ ८४.३

प्रभाव

सरकारी ऋण सङ्कलनले ब्याजदर बढ्न सक्छ,[][] जसले निजी लगानीलाई रोक्न सक्छ किनभने सरकारहरूले सीमित लगानी कोषका लागि निजी फर्महरूसँग प्रतिस्पर्धा गर्छन्। केही प्रमाणहरूले जिडिपिको लगभग ८० प्रतिशत भन्दा बढी सरकारी ऋण भएका देशहरूको लागि वृद्धि दर कम रहेको बताउँछ।[][]

सन्दर्भ सामग्रीहरू

  1. "Bureau of the Public Debt Homepage", United State Department of the Treasury, मूलबाट अक्टोबर १३, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १२, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १३, २०१० मिति
  2. "https://www.imf.org/external/datamapper/GGXWDG_NGDP@WEO/OEMDC/ADVEC/WEOWORLD", www.imf.org, अन्तिम पहुँच २०२४-०६-२५ 
  3. [१]
  4. International Monetary Fund (अक्टोबर २०२२), "World Economic Outlook Database" 
  5. ५.० ५.१ ५.२ Swedish National Debt Office, "What governs the size of central government debt?" 
  6. de Rugy, Veronique; Salmon, Jack (अप्रिल २०२०), Debt and Growth: A Decade of Studies, Mercatus Center: George Mason University, डिओआई:10.2139/ssrn.3690510