सी. जोर्ज बुरे

सी. जोर्ज बुरे
जन्मकोर्नेलिस जोर्ज बुरे
(१९५२-०१-१५)१५ जनवरी १९५२
बाडहोभेडोर्प, नेदरल्यान्ड
मृत्यु५ जनवरी २०२१(2021-01-05) (उमेर ६८)
पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
जीवनसाथी
जुडिथ कोभारिक
(
वि १९७२)
Academic background
Alma mater
  • पेन्सिलभेनिया राज्य विश्वविद्यालय
  • ओक्लाहोमा राज्य विश्वविद्यालय
Academic work
Disciplineमनोविज्ञान
Sub-disciplineव्यक्तित्व सिद्धान्त, मनोविज्ञानको इतिहास
Institutionsसिपेन्सबर्ग विश्वविद्यालय
Notable ideasलिङ्ग्वा फ्राङ्का नोभा
वेबसाइटआधिकारिक वेबसाइट

डा. कोर्नेलिस जोर्ज बुरे (रोमन लिपि: Dr. Cornelis George Boeree; १५ जनवरी १९५२ – ५ जनवरी २०२१) व्यतित्व सिद्धान्त र मनोविज्ञानको इतिहासमा प्रवीण अमेरिकी मनोवैज्ञानिक, सिपेन्सबर्ग विश्वविद्यालयका माननीय प्रोफेसर र लिङ्ग्वा फ्राङ्का नोभाका निर्माता थिए ।

जीवनी

१५ जनवरी १९५२ मा नेदरल्यान्डको राजधानी आम्स्टर्डम नजिकै रहेको बाडहोभेडोर्पमा बसोबास गर्ने कोर्नेलिस जोर्ज बुरे र एबर्डिना भान ओलफेनका छोराको रूपमा सी. जोर्ज बुरेको जन्म भएको थियो । डिसेम्बर १९५६ मा उनी चार वर्षको हुँदा उनी आफ्ना परिवारका साथमा न्यु योर्क सहर नजिकै रहेको लङ आइल्यान्डमा सरेका थिए ।

उनले आफ्नो मातृभाषाको रूपमा डच र रकभिल सेन्टरमा हुर्केको हुनाले दोस्रो भाषाको रूपमा अङ्ग्रेजी सिकेका थिए । उनले पछि फ्रेन्च पनि सिकेका थिए । उनी अस्ट्रेलियाको ब्रिसबेनमा हुँदा उनले इटालेलीएस्पेरान्तो सिके र आफ्नो सहायक भाषामाथि काम गर्न थालेका थिए । आफ्नो वास्तुकार बन्ने उद्देश्यको पूर्तिका लागि उनी रकभिल सेन्टर फर्की सन् १९६९ मा आफ्नो डिप्लोमा प्राप्त गरेका थिए । सन् १९७२ मा उनले न्यु योर्क सहरको बे सोरमा जुडिथ मारिओन कोभारिकसँग बिहे गरी स्थायी बसोबासका लागि पेन्सिलभेनिया सरेका थिए ।

उनले सन् १९७४ मा पेन्सिलभेनिया राज्य विश्वविद्यालयबाट उनले आफ्नो मनोविज्ञानसम्बन्धी लौरल डिप्लोमा हासिल गर्नुका साथै सन् १९७९ र सन् १९८० को बिचमा उनले ओक्लाहोमा राज्य विश्वविद्यालयबाट डाक्टरेट प्राप्त गरेका थिए । सन् १९८० मा नै उनले सिपेन्सबर्ग विश्वविद्यालयमा प्रोफेसरको कामको थालनी गरेका थिए । आफ्नो कार्यकालमा उनले मनोविज्ञान र बौद्ध धर्मका बारेमा धेरै सिद्धान्त अघि सरेका थिए र धेरै पुस्तक लेखेका थिए । उनका अधिकतम कार्यहरूलाई स्पेनिया, बुल्गारेली, डचलगायत अन्य भाषाहरूमा अनुवाद गरिएका छन् ।[]

१५ जनवरी २०१० मा अवकाश ग्रहण गरी आफ्नी श्रीमतीसँग पेन्सिलभेनियामा बसोबास गरेपनि बुरेले मनोविज्ञान, दर्शन र भाषामा रुचि राखेका थिए । ५ जनवरी २०२१ मा अग्नाशयको क्यान्सरले गर्दा उनको मृत्यु भयो ।[]

लिङ्ग्वा फ्राङ्का नोभाको रचना

सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने अन्तर्राष्ट्रिय सहायक भाषाको निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।[][] उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच भूमध्य द्रोणीमा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का नामक रोमान्स पिजिन तथा पापियामेन्तो र हाइतेली क्रियोल जस्ता क्रियोल भाषाहरूबाट प्रभावित भएका थिए । उनले इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।

कृति तथा प्रकाशन

किताब

  • हिस्ट्री अफ साइकोलोजी (History of Psychology; सन् २००५)
  • पर्सन्यालिटी थियोरिज: फ्रम फ्रोइड टु फ्र्याङ्क (Personality Theories: From Freud to Frank; सन् २०१७)
  • दिसिनारियो दे लिङ्ग्वा फ्राङ्का नोभा (Disionario de Lingua Franca Nova; सन् २०१८, साइमन डेभिससँग)

पाठ

  • जेनेरल साइकोलोजी (General Psychology)
  • पर्सन्यालिटी थियोरिज (Personality Theories)
  • सोसल साइकोलोजी बेसिक्स (Social Psychology Basics)
  • हिस्ट्री अफ साइकोलोजी (History of Psychology)
  • पर्सन्यालिटी थियोरी: अ बायोसोसल अप्रोच (Personality Theory: A Biosocial Approach)

लेख

  • पर्सपेक्टिभ थियोरी (Perspectives theory)
  • सेभेन पर्सपेक्टिभ्ज (Seven perspectives)
  • कजेज एन्ड रिजन्ज: द मेकानिक्स अफ एन्टिसिपेसन (Causes and Reasons: The Mechanics of Anticipation)

सन्दर्भ सामग्री

  1. बुरे, सी. जी. (सन् २००५), Teorías de la Personalidad, सान्तो दोमिङ्गो, डोमिनिकन रिपब्लिक। 
  2. "Aora oji: Cornelis George Boeree (1952-2021)" [श्रद्धाञ्जली: कोर्नेलिस जोर्ज बुरे (सन् १९५२ - सन् २०२१)], अन्तिम पहुँच ८ जनवरी २०२१ 
  3. बुरे, सी. जोर्ज, "Istoria de elefen" [एलेफेनको इतिहास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२० 
  4. बार्टलेट, पौल ओ. (३० नोभेम्बर २००५), "Conlangs and International Auxiliary Languages" [कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू], अन्तिम पहुँच १३ नोभेम्बर २०२० 

बाह्य कडी