सेतो गिद्ध

सेतो गिद्ध
सेतो गिद्धको एक प्रजातिको वयस्क
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Accipitriformes
कुल:
Accipitridae
वंश:
Neophron

Savigny, 1809
प्रजाति:
N. percnopterus
वैज्ञानिक नाम
Neophron percnopterus
(Linnaeus, 1758)
विभिन्न उपजातिहरूको वितरण नक्शा
Neophron percnopterus

सेतो गिद्ध (Neophron percnopterus) वा इजिप्सियन गिद्ध प्राचिन विश्वमा पाइने गिद्धको प्रजाति मध्य सानो गिद्ध हो। यो प्रजाति आइबेरियन प्रायद्वीप, उत्तर अफ्रिका देखि नेपाल तथा भारतमा समेत पाइन्छ। यसको मुख्य आहार सिनो भए पनि यसले स-साना स्तनपायी, चरा तथा सरीसृपहरू पनि खाने गर्छ। यसलाई अङ्ग्रेजीमा इजिप्सियन भल्चर (Egyptian Vulture) भनिन्छ।

विबरण

सेतो गिद्ध प्राचिन विश्वमा पाइने गिद्धको प्रजाति मध्य सानो गिद्ध हो, जसका लमा, तिखा पखेटाहरू र ठूलो किलाकारको पुच्छर हुन्छ। वयस्क सेतो गिद्ध प्राय: मैलो सेतो जसको पहेँलोपहेँलो अनुहार र काला उडानपङ्ख हुन्छ। बच्चा सेतो गिद्ध फुस्रो, नाङ्गो अनुहार भएको कालो कालो खैरो हुन्छ। वयस्क हुँदैजाँदा पुच्छर, शरीर र पङ्खढकनी ससेतो तथा अनुहार पहेँलो हुँदै जान्छ । वयस्क सेतो गिद्ध सामान्यतया ४७ देखि ६५ सेन्टिमिटर (१९ देखि २६ इन्च) लामो हुन्छ।

वितरण तथा वासस्थान

सेतो गिद्ध दक्षिण युरोप देखि उत्तर अफ्रिका हुँदै पश्चिम तथा दक्षिण एसियाका भूभागहरूमा पाइने गर्छ। यसले आफ्नो गुँड पहाडका कन्दरा र साना ओडारमा बनाउँछ र कहिले काँही ठूला रूखहरूमा पनि बनाउँने गर्छ। सामान्यतया ९१५ मिटर सम्मका समथर पहाडी भूभागमा पाइने यो प्रजाति गृष्म मौसममा २,००० मिटर (६,००० फिट)को उचाई सम्म जाने गर्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू