हुण

हुण, हलहुण, हरहुण, अल्जोन, वाल्जोन एक जियोनाइट तथा हेप्थालाइट्स जातिसमुह थियो। हुण एक मध्य एसियाली लडाकु जातिसमुह थियो। ईस्वीको ५ औँ सदीको अन्त्य र छैटौँ सदीको सुरूवातमा हुण जातिले खाइबर भञ्ज्याङ्ग हुँदै भारतीय उपमहाद्वीप छिरेका थिए जहाँ उनीहरूलाई गुप्त राजवंशका राजा यशोधर्मनले पराजित गरे।[१] हुण साम्राज्यको अधिकतम सिमाना भारतको माल्वा क्षेत्रसम्म पुगेको थियो।[२] उनीहरूको निरन्तर हमलाले गुप्त राजवंशको पतन भएको थियो।

हुणहरूलाई तिब्बती ग्रन्थहरूमा यवन, तुखार, कम्बोज, खस, दारदार जातिहरूसँगै उल्लेख गरिएको छ।[३]
स्रोतहरू
- ↑ India: A History by John Keay p.158
- ↑ Kurbanov, Aydogdy (२०१०), "The Hephthalites: Archaeological and Historical Analysis", पृ: २४, "The Hūnas controlled an area that extended from Malwa in central India to Kashmir."
- ↑ Tho-ghar yul dan yabana dan kambodza dan Khasa dan Huna dan Darta dan...