एसियाली विकास बैङ्क (एडीबी) एक क्षेत्रीय विकास बैङ्क हो जसको स्थापना १९ डिसेम्बर १९६६ मा को एसियाली राष्ट्रको आर्थिक विकासको सहजीकरणको लागि भएको थियो। यो बैङ्क संयुक्त राष्ट्र (UN) एसिया तथा सुदुर पुर्वको लागि आर्थिक आयोग (अब यूएनईएससीएपी- UNESCAP) र गैर क्षेत्रीय विकसित राष्ट्रहरु सदस्य सम्मिलित भएको छ।यो बैङ्कको स्थापना ३१ सदस्यको साथ भएको थियो, अहिले ६७ सदस्य राष्ट्र छन् जसमध्ये ४८ एसिया तथा प्यासिफिक क्षेत्रबाट छन् भने १९ सदस्य बाहिरी हुन् । एडीबी (ADB) को प्रारूप धेरै हदसम्म वर्ल्ड बैङ्क (विश्व वैंक)को आधारमा बनेको थियो र वर्ल्ड बैङ्क (विश्व बैङ्क) जस्तै यहां पनि भारित भोट प्रणालीको व्यवस्था छ जसमा भोटको वितरण सदस्यको पुँजी अभिदान (लगानी) अनुपातको आधारमा निर्धारण गरिन्छ । वर्तमानमा , संयुक्त राज्य अमेरिका र जापान दुवैसँग ५५२,२१० शेयर छ - यी दुवैसँग भएको शेयरको हिस्सा कुल १२.७५६ प्रतिशत हुन्छ ।[१]
सबैभन्दा ठूलो सदस्यता पुँजी र मतदान अधिकार भएका देशहरू
निम्न तालिका डिसेम्बर २०२१ सम्म एसियाली विकास बैंकमा सदस्यता लिएको पूँजी र भोटिङ पावरको आधारमा २० ठूला देशहरूको सूची हो.[२]
The 20 countries with the largest capital contribution and voting rights in the Asian Development Bank
एडीबी (ADB) को शुरूआती दिन देखि नै आलोचकहरु दूई प्रमुख प्रदाताहरु, जापान र संयुक्त राज्य माथि " व्यापक स्तर पर ऋण प्रदान गर्ने , नीति र कर्मचारी भर्ति गरेर निर्णयहरु प्रभावित गर्ने" आरोप लगाउँदै आएका छन् ।[३]