कोयम्बटोर
कोयम्बटोर
கோயம்புத்தூர் कोवाई Coimbatore | |
---|---|
उपनाम: दक्षिण भारतको म्यानचेस्टर | |
देश | भारत |
राज्य | तमिलनाडु |
क्षेत्र | कोङ्गु नाडु |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | कोयम्बटोर सहर नगर निगम |
क्षेत्रफल | |
• सहर | २४६.७५ किमी२ (९५.२७ वर्ग माइल) |
• महानगर | ६४२.१२ किमी२ (२४७.९२ वर्ग माइल) |
• क्रम | २ |
उन्नतांश | ४११.२ मिटर (१३४९.१ फिट) |
जनसङ्ख्या (२०११) | |
• सहर | १,६०१,४३८[२] |
• महानगर | २,१३६,९१६[१] |
• मेट्रो क्रम | १६औं |
वासिन्दा | कोयम्बटोरियन |
भाषाहरू | |
• आधिकारिक | तमिल र अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | 641xxx |
टेलिफोन कोड | +९१-४२२ |
सवारी दर्ता | TN 37 (दक्षिण), TN 38 (उत्तर), TN 66 (केन्द्रीय), TN 99 (पश्चिम) |
वेबसाइट | कोयम्बटोर नगर |
कोयम्बटोर, कोयम्बतुर, कोयम्बटुर वा कोवाई [koːʋəj]को नामले प्रसिद्ध, तमिलनाडु राज्यको एक सहर हो । कर्नाटक र तमिलनाडु राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिकाले जोडिएको छ ।
कोयम्बटोर एउटा महत्त्वपूर्ण उद्योगिक सहर हो । दक्षिण भारतको म्यानचेस्टरको नामले प्रसिद्ध कोयम्बटोर एक प्रमुख कपडा उत्पादनको केन्द्र हो । नीलगिरी हिमालको तराईमा अवस्थित यो सहर पुरै वर्ष अनुकुलित मौसमको महसुस गराउने गर्दछ । दक्षिणदेखि नीलगिरीको यात्रा गर्न आएका पर्यटकहरूले कोयम्बटोर सहरलाई आधार शिविर जस्तै प्रयोग गर्ने गर्छ । कपडा उत्पादन कारखानाहरू वाहेक यहाँ कयौं पर्यटकीय स्थलहरू छन् जहाँ भ्रमण गर्न आएका पर्यटकहरू घुम्न सक्छन् । यहाँ रहेका जैविक उद्यान, कृषि विश्वविद्यालय सङ्ग्रहालय र भिओसी पार्क विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने गर्छ । कोयम्बटोरमा धेरै हिन्दू मन्दिरहरू छन् जसले यस सहरको महत्त्वलाई थप गर्ने गर्छ । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ ।[२][३]
उत्पति
कोयम्बटोरको नाम उत्पतिमा विभिन्न सिद्दान्तहरू विद्यमान छन् । त्यसमध्ये एक सिद्दान्त अनुसार कोयम्बटोर नाम कोवनपुथुर ('कोवानको नयाँ सहर'बाट पृथक भएर आएको हो), कोवान वा कोयानको मुखिया कोयम्बटोरबाट विकसित भएको हो ।[४]
इतिहास
जनसङ्ख्या
भारतको जनगणना सन् २०११ अनुसार कोयम्बटोर सहरको जनसङ्ख्या १६,०१,४३८ रहेको छ ।[२][१] यहाँको लिङ्ग अनुपात अनुसार १,००० पुरुषमा जम्मा ९९७ महिला आउने गर्छ ।[५] यो चेन्नई पछि तमिलनाडु राज्यको सबैभन्दा ठुलो सहर हो ।[६]
प्रमुख आकर्षण
भिओसी पार्क
भिओसी पार्क कोयम्बटोरको प्रमुख आकर्षण हो । यस उद्यानको नाम प्रसिद्ध स्वतन्त्रता सेनानी भिओ चिदम्बरमको नाममा राखिएको हो । हुनत यो पार्क सबै उमेर वर्गका मानिसहरूलाई मन पर्छ तर खास गरेर बच्चाहरूलाई यो उद्यानले लोभ्याउने गर्छ । यहाँ एउटा एक्वेरियम पनि छ जहाँ विभिन्न प्रजातिका माछाहरू हेर्न सकिन्छ । यस वाहेक यहाँ एउटा सानो चिडियाखाना र टोय ट्रेन पनि छ जसको आनन्द लिन सकिन्छ ।
कृषि विश्वविद्यालय
तमिलनाडु कृषि विश्वविद्यालय कोयम्बटोरको रोचक पर्यटक स्थलहरू मध्ये एक हो । रेलवे स्टेशनबाट पाँच किलोमिटरको दूरीमा अवस्थित यो विश्वविद्यालय एसियाको उत्कृष्ट कृषि विश्वविद्यालयहरू मध्ये एक हो । यहाँको मुख्य आकर्षण यहाँ रहेको जैविक उद्यान हो । लगभग ३०० हेक्टरको क्षेत्रमा फैलिएको यो उद्यानमा विविध प्रजातिका वृक्षहरू रहेका छन् ।
पेरुर मन्दिर
पेरुर कोयम्बटोरदेखि ६ किलोमिटरको दूरीमा अवस्थित एउटा सानो सहर हो । यसको मुख्य आकर्षण पेरुर मन्दिर हो जहाँ सात कोङ्गु शिवालयम मध्ये एक छ ।
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "INDIA: Tamil Nādu", citypopulation.de, अन्तिम पहुँच ४ मार्च २०१६।
- ↑ २.० २.१ २.२ "Smart city challenge, Coimbatore", Government of India, अन्तिम पहुँच १५ डिसेम्बर २०१५।
- ↑ http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html
- ↑ "Coimbatore: turning modern, yet retaining its old charm", The Hindu, १८ जुन २०११, अन्तिम पहुँच ३१ जनवरी २०१३।
- ↑ "Census Info 2011 Final population totals", Office of The Registrar General and Census Commissioner, Ministry of Home Affairs, Government of India, २०१३, अन्तिम पहुँच २६ जनवरी २०१४।
- ↑ "Major Agglomerations" (PDF), The Registrar General & Census Commissioner, Ministry of Home Affairs, Government of India, २०११, अन्तिम पहुँच ३१ मे २०१५।
बाह्य कडीहरू
- कोयम्बटोर विकियात्रामा यात्रा सहयोगी
- कोयम्बटोर नगर निगम परिषद = Archive.today अभिलेखिकरण २०१४-११-१९ मिति