चितुवा

चितुवा
सामयिक शृङ्खला: Late Pliocene or Early Pleistocene to Recent

सङ्कटापन्न  (आइयुसिएन ३.१)[]
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
Felidae
वंश:
Panthera
प्रजाति:
P. pardus
वैज्ञानिक नाम
Panthera pardus
(Linnaeus, 1758)
Subspecies

9 but see text

Range of the leopard, former (red), uncertain (yellow), highly fragmented (light green), and present (dark green)
पर्याय

Felis pardus Linnaeus, 1758

चितुवा (Panthera pardus) फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर "Big Cat" समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व संकटको सङ्घारमा पुगेको छ। वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशियाचिनमा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि IUCNले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।

शारिरिक वनोट

फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ। झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ। यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन् तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन्। शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ।

शिकार गर्ने अवसरहरूलाई राम्रो उपयोगगर्ने क्षमताका कारण चितुवा एक सफल शिकारीको रूपमा चिनिन्छ। वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको रफ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शिकारलाई समेत सजिलै बोकेर रूखमा चढ्नसक्ने क्षमताका कारण शिकारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुण मानिन्छ। आफूले समाउन सक्ने र शिकार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आहार बनाउने गर्दछ। चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ।

फोटो ग्यालेरी

भारतीय चितुवा (Panthera pardus fusca)
चिनीय चितुवा (Panthera pardus japonensis)
अफ्रिकन चितुवा(Panthera pardus pardus)

सन्दर्भ सूची

  1. Henschel, P., Hunter, L., Breitenmoser, U., Purchase, N., Packer, C., Khorozyan, I., Bauer, H., Marker, L., Sogbohossou, E., Breitenmoser-Würsten, C. (२००८), "Panthera pardus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्