जलगैँडा

जलगैँडा
जलगैंडा
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
हाड भएकोो जीव
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
Hippopotamidae
वंश:
Hippopotamu
प्रजाति:
H. amphibiopus
जलगैँडाको फैलावोट- रातो पहिलोको फैलावट र हरियो हालको फैलावट[१]

जलगैँडा अथवा पानीगैँडा विशाल आकारको शाकाहारी स्तनपायी जनावर हो। हिपोपोटामस वा हिपो भन्ने शब्द प्राचीन युनानी भाषाबाट आएको हो, जसको अर्थ नदी घोडा(अथवा नदीमा बस्ने घोडा) हो। जलगैँडा (हात्तीगैंडा पछि) तेस्रो ठूलो स्थलधारी जनावर हो।

जलगैँडा अर्ध-जलचर जनावर हो जुन नदीहरू तथा तालहरूको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैँडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समूहका पोथी तथा बच्चा जलगैँडाहरूको नेतृत्व गर्ने गर्दछ। जलगैँडाले दिनको तापमा पानी वा हिलोमा बसेर शरीरलाई चिसो बनाउने गर्छन भने यसका साथै यिनीहरूको प्रजनन् तथा प्रसव प्रक्रिया पनि पानीमा नै हुने गर्दछ। यिनीहरू साँझपख मात्रै चर्नको लागि जमीनमा निस्कने गर्दछन्।

यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू (ह्वेल, सोँस आदि) सँग जोडिएका छन् जसबाट यिनीहरू लगभग ५५ करोड वर्ष पहिले छुट्टिएका थिए। ह्वेल माछा र जलगैँडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड वर्ष पहिले विभाजित भएका थिए।

जलगैँडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैँडा (१.५ टन), हात्तीका तिन प्रजाति (३ देखि ९ टन) र सेतो गैँडा ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार जनावर हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। जाम्बिया (४०,००)तथा तान्जनिया (२०,००० - ३०,०००) गरी अफ्रिकाको उप साहारन क्षेत्रमा १२५,०० देखि १५०,००को सङ्ख्यामा जलगैँडाहरू रहेको अनुमान गरिएको छ। तापनि वासस्थानको अभाव र मासु तथा बहुमुल्य दाँतको लागि जलगैँडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन्।

शारीरिक विवरण

नेपालको चिडियाखानामा रहेको एक वयस्क जलगैँडा

जमिनमा बसोबास गर्ने सबैभन्दा ठूला जन्तुहरूमध्ये जलगैँडा पनि एक हो भने यो हात्ती र कुनै-कुनै गैँडाहरूभन्दा सानो हुन्छ। लोप हुँदै गएको अफ्रिकी महाप्राणीहरू मध्ये र दुई अफ्रिकी हात्तीका प्रजाति पनि जलगैँडाहरू सेतो गैँडाभन्दा औसत साना हुन्छन् भने कालो गैँडा र जिराफको तुलनामा तिनीहरू शरीरको पिण्डले ठूलो हुन्छ। जलगैँडाको नाप २.९० देखि ५.०५ मिटर (९.५ देखि १६.६ फिट) हुन्छ भने यसको पुच्छरको लम्बाइ लगभग ३५ देखि ५६ सेन्टिमिटर (१.१५ देखि १.८४ फिट) हुन्छ। एक औसत भाले वयस्क तौल लगभग १,५०० किलोग्राम (३,३१० पाउन्ड) हुन्छ भने एक वयस्क पोथीको तौल १,३०० किलो (२,८७० पाउन्ड) हुन्छ। धेरै ठूला भालेहरू २,००० किलोग्राम ४,४१० सम्म पुग्न सक्छन् भने केही अधिक ठूला भालेहरूको तौल २,६६० किलोग्राम (५,८६० पाउन्ड) सम्म हुने गरेको छ। एक प्रतिवेदनले देखाएअनुसार विशाल वयस्क भालेको तौल ३,२०० किलोग्राम (७,०५० पाउन्ड) देखि ४,५०० किलोग्राम (९,९२० पाउन्न) सम्म पनि पुगेको थियो। भाले जलगैँडाहरूको जीवनभरिनै बढ्दै गएको देखिन्छ भने पोथीहरूको तौल २५ वर्षको उमेर सम्ममा अधिक हुने गरेको छ।

वासस्थान

चित्रदीर्घा

सन्दर्भ सामग्रीहरू

  1. Cite warning: <ref> tag with name Redlist cannot be previewed because it is defined outside the current section or not defined at all.

बाह्य कडीहरू