डोसा
उत्पत्ति स्थान | भारत |
---|---|
क्षेत्र वा राज्य | कर्नाटक |
खान उपयुक्त | तातो |
मुख्य सामग्रीहरू | चामल र कालो चना |
डोसा एक दक्षिण भारतीय लोकप्रिय व्यञ्जन हो। यो कालो चना, सुजी, मैदा, चामलको पिठोले बनाइने गरिन्छ। वर्तमान समयमा डोसा दक्षिण एसियामा समेत लोकप्रिय भइसकेको छ। डोसालाई तातो, प्रायः चटनी र साम्बरसँग पस्किने गरिन्छ।
नामहरू
भाषा | अनुवाद |
---|---|
कन्नड: ದೋಸೆ | डोसे |
मलयालम: ദോശ | डोसा |
तमिल: தோசை | दोसई |
तेलगु: దోశ | डोसा |
इतिहास
डोसा दक्षिण भारतमा विकसित भएको प्रारम्भिक अनुमान गरिएको छ। इतिहासकार पि थाङ्कप्पन नायरका अनुसार डोसाको उत्पत्ति वर्तमान कर्नाटकको उडुपी सहरमा भएको हो।[१] यद्यपि, खाद्य इतिहासकार केटी आचायका अनुसार, सङ्गम साहित्यमा उल्लेख गरिएका सन्दर्भहरूले सङ्केत गर्दछ कि डोसा (दोसाईको रूपमा) पहिले देखि नै प्राचिन तमिल देशमा पहिलो शताब्दीको वरिपरि प्रयोगमा थियो।[२][३]
तयारी
पानीमा भिजाइएको चामल र कालो वा हरियो चनाको मिश्रणलाई पिठो बनाउनको लागि मसिनो पारिन्छ। कतिपयले अलिकति भिजेको मेथीको दाना थप्छन्। दालमा चामलको अनुपात सामान्यतया ३:१ वा ४:१ हुन्छ। इच्छा अनुसार स्थिरता प्राप्त गर्न पानीमा मिसाउनु अघि झोल पदार्थमा मुसिएको पिठोलाई रातभर अमिल्याउनको लागि राख्ने गरिन्छ।[४] त्यसपछि मुसिएको पिठोलाई तातो तावामा राखेर तेल वा घिउमा पकाइन्छ। तावामा राखेपछि यसलाई डाडुले गोलो आकार दिन चलाइने गरिन्छ। डोसालाई प्यानकेक जस्तै बाक्लो, वा पातलो र क्रिस्पी बनाउन सकिन्छ। डोसालाई आधा पट्याएर वा घुमाएर तातो पस्किने गरिन्छ। यो सामान्यतया चटनी र साम्बरसँग खाने गरिन्छ। कालो चना र चामलको मिश्रणलाई अत्यधिक परिष्कृत गहुँको पिठो वा सुजीले प्रतिस्थापन गर्न सकिन्छ।
चित्र दीर्घा
-
घुलित अवस्थामा चामलको पिठो
-
झोल पदार्थमा मुसिएको पिठोललाई तावामा राखिएको
-
मिश्रणलाई समान रूपमा फैलाउँदै
-
केही बेर पाकिसकेपछि
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ P. Thankappan Nair (२००४), South Indians in Kolkata, Punthi Pustak, पृ: ३२०, आइएसबिएन 81-86791-50-7।
- ↑ K. T. Achaya (नोभेम्बर २००३), The Story of Our Food, Universities Press, पृ: ८०, आइएसबिएन 81-7371-293-X।
- ↑ "8 oldest Udupi restaurants in Mumbai", The Free Press Journal, २०१९-०५-३१, अन्तिम पहुँच २०२२-०८-१५।
- ↑ "Recipe: Light white dosa", The Times of India।