पाख्रीबास नगरपालिका

पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिका is located in कोशी प्रदेश
पाख्रीबास नगरपालिका
कोशी प्रदेशको नक्सामा पाख्रीबास नगरपालिकाको अवस्थिति
पाख्रीबास नगरपालिका is located in नेपाल
पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31निर्देशाङ्कहरू: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२०७१ मङ्सिर १७
सरकार
 • नगरप्रमुखज्ञानबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखनम्रता गौतम (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४४.२९ किमी (५५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,१०४
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

पाख्रीबास नगरपालिका धनकुटा जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा चुङमाङ गाविसलाई पनि यसमा गाभिएको थियो।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाख्रीबास नगरपालिकाको कुल जनसङ्ख्या १९,१०४ रहेको छ भने यहाँ ४,८४४ घरधुरी रहेका छन्।[]

चुनौती

५ वटा गाविस मिलाएर बनाइएको धनकुटाको पाख्रीबास नगरपालिकाको आन्तरिक आय वाषिर्क करिब ६ लाख छ। हालैको नगर परिषद्ले आगामी वर्षका लागि ५ करोड बराबरको बजेट अनुमान गरेको छ। अधिकांश ग्रामीण बस्ती भएको पाख्रीबासका सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यिनै चार विषयलाई प्राथमिकतामा राखिएको छ। नवघोषित नगरका सबै स्थानमा १४८ किमि सडक विस्तार भएको छ। तर पाख्रीबास लेगुवाबाहेकका यी कुनै सडकमा नियमित गाडी चल्दैनन्।[]

हिलेबाट पाख्रीबास बजार हुँदै डिकुरेसम्मको करिब ७ किलोमिटर सडकमा केही अघि गरिएको ओटासिल भत्किसकेको छ। यसैले नगरका सडक व्यवस्थित गर्नु मुख्य चुनौती हो। पुरानो पाख्रीबासबाहेक खासै बजार क्षेत्र विस्तार हुन सकेको छैन।[]

घोर्लिखर्कको डिकुरे, फलाँटेको बस्तीचोक, मुगाको राम्चे र सान्ने गाविसको पञ्चमी जस्ता स्थान भर्खरै स-साना बजारका रूपमा विकास हुँदैछन्। तथ्यांकअनुसार ८५ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच छ। नगरमा मिसाइएका पाँच वटै गाविसका नाममा जम्मा २० रोपनी जमिन छ। खेल मैदानका लागि ५४ रोपनी जग्गा बन्दोबस्त भए पनि पूर्वाधार निर्माण भएका छैनन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. ४.० ४.१ ४.२ "पूर्वाधार बनाउँदै नयाँ नगरपालिका", कान्तिपुर दैनिक, २०७१ फाल्गुन १, अन्तिम पहुँच फाल्गुन १ [स्थायी मृत कडी]


बाह्य कडीहरू