पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | टेकराज न्यौपाने (नेकपा (एमाले)) |
• उपाध्यक्ष | नर्मदा गौतम (पौडेल) (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १५१.४२ किमी२ (५८.४६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,२१९ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको खिदिम गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४][३] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको वडा नं. ९, पालीको (१-८) वडाहरू, पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ र अडगुरी गाउँ विकास समितिहरूलाई समेटेर पाणिनी गाउँपालिका घोषणा गरिएको थियो।[५][६] यसको क्षेत्रफल १५१.४२ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ।[७] पाणिनि तपोभूमि (पणेना), साततले गुफा, मालिका मन्दिर, खिदिम, आलम देवीको मन्दिर,पालीको पन्थीटोलमा रहेको देविस्थान मन्दिर आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन । यहाँ हरिहर मावि, कमला मावि, कृष्ण मावि र शिवमदन मावि लगायतका विद्यालय छन्। पाणिनी गाउँपालिकाको पूर्वमा गुल्मी र पाल्पा जिल्ला, उत्तरमा छत्रदेव गाउँपालिका, पश्चिममा सन्धिखर्क र शीतगङ्गा नगरपालिका र दक्षिणमा शीतगङ्गा नगरपालिका र पाल्पा जिल्लासँग जोडिएको छ।[८]
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाणिनी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२९१ रहेको छ भने यहाँ ६,१६१ घरधुरी रहेका छन्।[२]
नामाकरण
पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन्। उनको जन्म लगभग ५०० ईशा पूर्वमा दक्षीण एसियाको पश्चि क्षेत्रमा भएको मानिन्छ । उनको जन्मबारे विभन्न स्थानबारे मत छन त्यस मध्ये गान्धार क्षेत्र,उत्तर पाकिस्तान बढी चर्चामा आउँछन्। एक थरीको मत अर्घाखाँची नै पाणिनिको पुर्खाैली थलो भन्ने पनि छ। पाणिनि ॠषिको नामबाट पाणिनी गाउँपालिकाको नामाकरण गरिएको हो।
सन्दर्भ सामग्रीहरू
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोस्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।