मालारानी गाउँपालिका
मालारानी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दलबहादुर भट्टराई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | दिपा पोख्रेल (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०१.०६ किमी२ (३९.०२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,१५० |
• घनत्व | २४०/किमी२ (६२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको खनदह गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मालारानी गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खन, खनदह, बाँगी, हंसपुर, गोखुङ्गा अर्घातोष (१,६,७,८,९) र मरेङ (१-६) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मालारानी गाउँपालिकाको कुल जनसङ्ख्या २४,१५० रहेको छ भने यहाँ ६,७८० घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्युठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ।[४]
सन्दर्भ सामग्रीहरू
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।