भुइँस्याउ

भुइँस्याउलाई हेर्दा तरुल जस्तो देखिने डल्लो मुला आकार को गुलियो फल हो । दक्षिण अमेरिका को रैथाने यो विरुवा न्यानो हावापनी हुने सवै जसो स्थान मा खेती गरिन्छ | अङ्ग्रेजी मा Jícama भनिने "मेक्सिको तरुल" लाई यदाकदा स्वाद मिल्ना ले Yacón पनि भनिन्छ भने यसलाई मैथिली भाषामा "शखरखण्ड" भन्ने गरिन्छ । हिन्दिमा मिश्रीकंद भनिने यस लाई शुद्द फल को रुप मा लिईन्छ र दक्षिण भारत भर उपवास (ब्रत) मा पनि खाने गरिन्छ ,यसैगरी दक्षिण पुर्व एसिया मा जुनसुकै परिकार मा पनि यसको प्रयोग गरिन्छ ।

भुइँस्याउ तरुलजस्तै देखिन्छ र यसलाई ताछेर सिधै खाना मिल्छ । स्वादचाहिं स्याउ, खरभुजा र गाजर जस्तै हुने र नियमित खानाले जन्डिस, सुगर, पथ्थरी, कब्जियत र ग्यास्टिक नियन्णमा सहयोग पुग्ने बैध तथा डाक्टरहरूको दाबि रहेको छ । नदी छेउछाउको बलौटे माटोमा र पानी नजम्ने बलौटे माटोमा सिंचाई हुने र पानी तर्काउन मिल्ने जहाँ पनि खेती गर्न सकिन्छ । एउटा बोटमा ८ किलोसम्म भुइँस्याउ फल्ने र रोपेको ८ महिनामा खेती तयार हुन्छ । नेपालको पूर्वी जिल्ला तेह्रथुममा यसको खेति गर्ने गरिन्छ । []


सन्दर्भ सामग्री

  1. "भुइँस्याउ", रेडियो कान्तिपुर, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०३ मिति