लुम्बिनी अञ्चल
लुम्बिनी अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पश्चिमाञ्चल विकास क्षेत्र |
सदरमुकाम | बुटवल |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
लुम्बिनी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम बुटवल हो। गौतम बुद्धको जन्म स्थल लुम्बिनीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
प्रशासनिक उपविभाजन
लुम्बिनी अञ्चललाई छ जिल्लामा विभाजन गरिएको थियो। वि.सं २०७२ देखि सबै पाँच जिल्लाहरू (नवलपरासी जिल्लाको पश्चिमी आधा भाग)लाई लुम्बिनी प्रदेशको भागको रूपमा पुन: नामकरण गरिएको थियो, भने नवलपरासी जिल्लाको पूर्वी आधा भागलाई गण्डकी प्रदेशको भागको रूपमा पुन: नामकरण गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
अर्घाखाँची | पहाड | सन्धिखर्क | लुम्बिनी प्रदेश |
गुल्मी | पहाड | तम्घास | |
कपिलवस्तु | तराई | तौलिहवा | |
पाल्पा | पहाड | तानसेन | |
रुपन्देही | तराई | सिद्धार्थनगर | |
नवलपरासी | तराई | रामग्राम | साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला (गण्डकी प्रदेश) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (लुम्बिनी प्रदेश)मा विभाजन गरिएको। |
यो पनि हेर्नुहोस्
- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू