लुम्बिनी अञ्चल

लुम्बिनी अञ्चल
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामबुटवल
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लुम्बिनी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम बुटवल हो। गौतम बुद्धको जन्म स्थल लुम्बिनीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

लुम्बिनी अञ्चललाई छ जिल्लामा विभाजन गरिएको थियो। वि.सं २०७२ देखि सबै पाँच जिल्लाहरू (नवलपरासी जिल्लाको पश्चिमी आधा भाग)लाई लुम्बिनी प्रदेशको भागको रूपमा पुन: नामकरण गरिएको थियो, भने नवलपरासी जिल्लाको पूर्वी आधा भागलाई गण्डकी प्रदेशको भागको रूपमा पुन: नामकरण गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
अर्घाखाँची पहाड सन्धिखर्क लुम्बिनी प्रदेश
गुल्मी पहाड तम्घास
कपिलवस्तु तराई तौलिहवा
पाल्पा पहाड तानसेन
रुपन्देही तराई सिद्धार्थनगर
नवलपरासी तराई रामग्राम साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला (गण्डकी प्रदेश)
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (लुम्बिनी प्रदेश)मा विभाजन गरिएको।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू