संरक्षण स्थिति

संरक्षण स्थिति
Bufo periglenes, the Golden Toad, was last recorded on May 15, 1989
लोप भएका
  • लोप
  • वनबाट लोप
  • (सूची)
  • (सूची)
असुरक्षित
  • (सूची)
  • (सूची)
  • (सूची)
कम जोखिम
  • सङ्कटासन्न
  • संरक्षण माथि निर्भर
  • कम चासो
  • (सूची)
  • (सूची)

अन्य श्रैणीहरू
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका
  • (सूची)

सम्बन्धित शीर्षकहरू

IUCN Red List category abbreviations (version 3.1, 2001)
NatureServe category abbreviations

जीवहरूको समूहको संरक्षण स्थिति (उदाहरणका लागि प्रजाति) ले समूह अझै अवस्थित छ वा छैन र यो समूह निकट भविष्यमा लोप हुने सम्भावना पनि रहे नरहेको भनेर सङ्केत गर्दछ। एकदमै न्यून सङ्ख्या बाँकी रहेको, तर समयावधिमा जनसङ्ख्यामा समग्र वृद्धि वा कमी, सफलताको दर, प्रजनन सफलता दर, र ज्ञात खतराहरू जस्ता कारकहरूलाई संरक्षणको स्थितिको मूल्याङ्कन गर्दा खेरी धेरै ध्यानमा राखिन्छन्। संरक्षण स्थितिको विभिन्न प्रणालीहरू अवस्थित छन् जुन अन्तर्राष्ट्रिय, बहु देश, राष्ट्रिय र स्थानीय स्तरका साथै उपभोक्ता उपयोगको लागि प्रयोगमा रहेका छन्।

अन्तर्राष्ट्रिय प्रणालीहरू

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची खतरामा परेका प्रजातिहरूको एक उत्तम र विश्वव्यापी संरक्षण स्थितिको सूचीकरण र वरियता प्रणाली हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीद्वारा प्रजातिहरूलाई नौ समूहहरूमा वर्गीकृत गरिन्छ। [१] जुन वर्गीकरण विभिन्न मापदण्डहरू जस्तै गिरावटको दर, जनसङ्ख्याको आकार, भौगोलिक वितरणको क्षेत्र, जनसङ्ख्या र वितरण खण्डको डिग्रीद्वारा निर्दिष्ट छन्।

  • लोप – हराएका र कहिल्यै देखा नपर्ने प्रजातिहरू।
  • वनबाट लोप भएका – केवल कैदमा बाँच्न सक्ने, मूल वासस्थानबाट बाहिर, पूर्ण सर्वेक्षण पछि अनुमानित।
  • गम्भीर रूपमा लोपप्राय – एक विशेष र अत्यन्तै लोपप्राय अवस्थामा
  • लोपोन्मुख – वनमा लोपको उच्च जोखिममा
  • असुरक्षित – ५ रातो सूचीको मापदण्ड मध्ये एक भेटिएमा र अप्राकृतिक (मानव-कारण) लोपको उच्च जोखिममा।
  • सङ्कटासन्न – निकट भविष्यमा लोपको उच्च जोखिममा।
  • कम चासोका – नजिकको भविष्यमा लोप नहुने।
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका

(अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा), "असुरक्षित"

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको उद्देश्य जङ्गली जनावर र बोटबिरुवाहरूको नमूनामा भएको अन्तर्राष्ट्रिय व्यापारले उनीहरूको अस्तित्व खतरामा नपरेको भनी सुनिश्चित गर्नु हो। वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनमा सूचीबद्ध बोट र जनावरहरू आयात गर्नका लागि वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको अनुमति चाहिन्छ।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू