सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश | |
---|---|
माथिबाट घडीको दिशामा साइपाल हिमाल, घोडाघोडी ताल, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा एक बाह्रसिंगा, बडिमालिका, खप्तड ताल, अपी हिमाल | |
निर्देशाङ्क: २८°४२′१२″उ ८०°३४′०१″पू / 28.70333°N 80.56694°E | |
देश | नेपाल |
गठन | २०७२ असोज ३ |
राजधानी अस्थायी राजधानी | गोदावरी धनगढी |
सबैभन्दा ठूलो सहर | धनगढी |
जिल्ला | ९ |
सरकार | |
• प्रकार | स्वशासित प्रदेश |
• अङ्ग | सुदूरपश्चिम प्रदेश सरकार |
• प्रदेश प्रमुख | देवराज जोशी |
• मुख्यमन्त्री | कमलबहादुर शाह (नेपाली कांग्रेस) |
• उच्च अदालत | दिपायल उच्च अदालत |
• प्रदेश सभा | एकसदीयवाद (५३ सीटहरू) |
क्षेत्रफल | |
• जम्मा | १९,९९९.२८ किमी२ (७७२१.७७ वर्ग माइल) |
• क्रम | ६ औं |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | २,७११,२७० |
• क्रम | ५ औं |
• घनत्व | १४०/किमी२ (३५०/वर्ग माइल) |
• क्रम | ५ औं |
वेबसाइट | sudurpashchim |
सुदूरपश्चिम प्रदेश[१] नेपालको संविधान २०७२ ले वि. सं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। यो प्रदेशले उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश र भारतको उत्तराखण्डकोपश्चिम र दक्षिणमा उत्तर प्रदेशसँग सीमा जोडेको छ। जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले प्रमुख तीन सहरहरू धनगढी, भीमदत्त (महेन्द्रनगर) र लम्कीचुहा हुन्।
इतिहास
डोटी कुमाउँको सुदूर पश्चिमी क्षेत्रमा रहेको एउटा पुरानो राज्य थियो जुन १३ औं शताब्दीमा कुमाउको कात्युरी राज्यको विघटनपछि गठन भएको थियो।[२] १७९० मा नेपाल अधिराज्य विस्तारको अवधिमा खस डोटी राज्य र नेपाल बीचको युद्धको ऐतिहासिक स्थान नेपालको इतिहास अनुसार सेती नदीको किनारमा रहेको नारी-दाङ हो।[३]
राजा दीप शाहीलाई सन् १७९० मा नेपालबाट निष्कासित गरियो र अवधको तराई (अहिले भारतको उत्तर प्रदेशको लखिमपुर खेरी जिल्ला) पुगेर उनले ब्रिटिश भारत अन्तर्गत खैरीगढमा खैरगढ-सिंघाई राज्य स्थापना गरे।[४] उनको राज्य भारतको स्वतन्त्रता पछि सन् १९४७ मा भारतमा विलय भएको थियो।[४]
प्रशासनिक उपविभागहरू
प्रदेशलाई ९ जिल्लामा विभाजन गरिएको छ, जसको नाम तल दिइएको छ। जिल्लालाई जिल्ला समन्वय समितिको प्रमुख र जिल्ला प्रशासन अधिकारीले व्यवस्थापन गर्ने गर्दछ। जिल्लाहरूलाई थप नगरपालिका वा गाउँपालिकामा विभाजन गरिएको छ। प्रदेशमा एक उपमहानगरपालिका र ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन्।
सरकार
सुदूरपश्चिम प्रदेशमा नेपालका अन्य प्रदेशहरू जस्तै एक सदनात्मक व्यवस्थापिका छ।[५] प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ।[५] सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अस्थायी रूपमा धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बसेको छ।[५] प्रदेशमा ५३ प्रदेश सभा र १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।[६]
सन्दर्भ सामग्रीहरू
- ↑ Province 7 named Sudurpashchim, Godawari capital-Kathmandu Post Online
- ↑ Dr.Y.S Kathoch, A New History of Uttarakhand; On Katyuri Dynasty "Around,13th Century Katyuri Dynasty established in Ranachulihat was broken into many sections" Doti was among them
- ↑ Dr. Madam Chandra Bhatt; A New History of Uttarakhand (2006): " Champawat ke Chand Raja.
- ↑ ४.० ४.१ [१]
- ↑ ५.० ५.१ ५.२ "Preparations underway for assembly meeting", The Himalayan Times (en-USमा), ३१ जनवरी २०१८, अन्तिम पहुँच २८ अप्रिल २०१८।
- ↑ "CDC creates 495 constituencies", The Himalayan Times (en-USमा), ३१ अगस्ट २०१७, अन्तिम पहुँच २७ अप्रिल २०१८।