हिजबुल्लाह

२००६ लेबनान युद्धपछि हिजबुल्लाह पोस्टर

हिजबुल्लाह (शाब्दिक अर्थ: अल्लाहको पार्टी) लेबनानको एक सिया इस्लामी राजनैतिक पार्टी तथा लडाकु समूह हो।[१][२] सन् १९९२ देखि हिजबुल्लाहको नेतृत्व महासचिव हसन नसरूल्लाहले गरिरहेका छन्। हिजबुल्लाहको अर्ध सैनिक शाखालाई जिहाद परिषद भनिन्छ।[३] यसको पुरै संगठनलाई वा सैनिक शाखालाई मात्र युरोपेली युनियन र २०१७ यता लेबनान र इराक बाहेकका अरब लिगका सदस्य राष्ट्र सहित धेरै राष्ट्रहरूले आतंककारी संगठन घोषित गरेका छन्।[४] रसियाले हिजाबुल्लाहलाई "आतंककारी संगठन" मान्दैन तर एक "बैधानिक सामाजिक राजनैतिक शक्ति"को मान्यता दिएको।[५] हिजबुल्लाह समूहलाई इजरायलले आफ्नो प्रमुख सुरक्षा चुनौती मान्छ । इरानले सिरियामा सैन्य उपस्थिति बढाउँदै लेबनानको विद्रोही हिजबुल्लाह समूहलाई संरक्षण दिने गरेको इजरायलको आरोप छ ।

इतिहास

स्थापना

१९८२ मा लेबनान माथि इजरायली आक्रमण पछी, हिजबुल्लाहको परिकल्पना मुस्लिम धर्मगुरुहरुद्वारा गरिएको र इरानको वित्तीय सहायतामा भएको थियो । [६] यसका नेताहरू आयोतोल्लाह खमेनीका समर्थक थिए, र यसको फौजलाई सिरिया सरकारको अनुमतिमा इरानबाट आएका इस्लामीक रिभोलुसनरी गार्डले तालिम दियो र संगठित गर्यो ।[७]

१९८० को दशक

१९९० पश्चात

विचारधारा

सङ्गठन

सामाजिक सेवा

हिजबुल्लाह ले धेरै सामाजिक विकास कार्यक्रम, अस्पताल तथा शैक्षिक संन्स्था पनि सञ्चालन गर्छ।[८][९] यसको एक संस्थान, जिहाद अल बिन्ना, लेबनानमा असंख्य आर्थिक तथा पूर्वाधार विकास परियोजना को लागि जिम्मेवारी लिएको छ। [१०] हिजबुल्लाहले लडाइँमा "शहादत हुने लडाकुको परिवार"लाई भत्ता दिने सहिदको संस्थान (अल-सहिद सोसल एसोसिएसन) पनि नियन्त्रण गर्छ। [११] संयुक्त राष्ट्र सङ्घको मानवीय समन्वय कार्यलयको एक समाचार रिपोर्ट मा टिप्पणी छ:

Hezbollah not only has armed and political wings – it also boasts an extensive social development program. Hezbollah currently operates at least four hospitals, twelve clinics, twelve schools and two agricultural centres that provide farmers with technical assistance and training. It also has an environmental department and an extensive social assistance program. Medical care is also cheaper than in most of the country's private hospitals and free for Hezbollah members.[८]

सिएनएन का अनुसार, "एक सरकारले गर्नु पर्ने सम्पूर्ण काम, फोहोर उठाउनु पर्ने देखि अस्पताल सञ्चालन गर्ने, स्कुल मर्मत गर्ने सबै काम, हिजबुल्लाहले गर्छ।"[१२] जुलाई २००६ मा, इजरायलसंगको युद्धको समयमा, जब बेरुतमा खानेपानी थिएन, हिजबुल्लाहले सहरमा खानेपानीको प्रबन्ध गरिरहेको थियो।

राजनैतिक क्रियाकलाप

गुप्तचर

हिजबुल्लाहको गुप्तचरीलाई "संसारको एक उत्कृष्ट" गुप्तचर मानिन्छ। यसले इजरायली सेना भित्र पनि प्रवेश गरिसकेको छ। हिजबुल्लाहको गुप्तचर संस्थाले लेबनानको गुप्तचर संस्थासँग सहकार्य गर्छ। [१३]

सैन्य शक्ति

सैन्य क्रियाकलाप

लेबनान युद्ध २००६

मुख्य लेख : २००६ लेबनान युद्ध

हिजबुल्लाह र इजरायलबीच सन् २००६ मा भीषण लडाइँ भएको थियो । गजर भन्ने स्थानबाट सुरु भएको युद्धमा इजरायली सेना दक्षिण लेबनान कब्जा गर्दै राजधानी बेरुतसम्म पुगेको थियो । त्यसपछि संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजरायली सेना फिर्ता भए भने शान्ति स्थापक सैनिकको संख्या बढाइएको थियो ।

सिरियाली गृहयुद्ध

सिरियाली गृहयुद्धमा हिजबुल्लाहले बसर अल असदको पक्षमा लड्यो । हिज्बुल्लाहको प्रमुख सहयोगी इरानबाट उसले सिरियाको बाटो हुदै हतियार र सैनिक सामग्री आयात गर्छ। यदि सिरियामा बसर अल असदको सत्ता पल्टियो भने हिज्बुल्लाहलाई समेत संकट पर्ने भएकाले, उसले असद सत्ता टिकाउन पुरै बल लगायो ।

यो पनि हेर्नुहोस

सन्दर्भ

सन्दर्भहरूको पुर्वावलोकन

  1. Jamail, Dahr (२० जुलाई २००६), "Hezbollah's transformation", Asia Times, मूलबाट २० जुलाई २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २००७  वेब्याक मेसिन अभिलेखिकरण २५ जनवरी २०१९ मिति
  2. "Hezbollah (a.k.a. Hizbollah, Hizbu'llah)", Council on Foreign Relations, १३ सेप्टेम्बर २००८, मूलबाट १३ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २००८ मिति
  3. Levitt, Matthew (२०१३), Hezbollah: The Global Footprint of Lebanon's Party of God, पृ: १५, आइएसबिएन 978-1849043335, "... the Jihad Council coordinates 'resistance activity'." Ghattas Saab, Antoine (१५ मे २०१४), "Hezbollah cutting costs as Iranian aid dries up", The Daily Star, अन्तिम पहुँच १ जुन २०१४, "... Hezbollah's military wing ... Known as the 'Jihad Council'" 
  4. Cite warning: <ref> tag with name Wedeman cannot be previewed because it is defined outside the current section or not defined at all.
  5. Reporting by Maria Kiselyova; Editing by Greg Mahlich, "Russia says Hezbollah not a terrorist group: Ifax", Reuters, अन्तिम पहुँच फेब्रुअरी १९, २०२१ 
  6. Cite warning: <ref> tag with name bbc-hi-me cannot be previewed because it is defined outside the current section or not defined at all.
  7. Cite warning: <ref> tag with name nybooks cannot be previewed because it is defined outside the current section or not defined at all.
  8. ८.० ८.१ Cite warning: <ref> tag with name irinnews52494 cannot be previewed because it is defined outside the current section or not defined at all.
  9. "The Militarization of Sex: The story of Hezbollah's halal hookups." by Hanin Ghaddar वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २००९ मिति, Foreign Policy, 25 November 2009
  10. Sachs, Susan (३१ मे २०००), "Hezbollah Offers a Helping Hand in Southern Lebanon", The New York Times, अन्तिम पहुँच २० अक्टोबर २०१२ 
  11. Edward Cody; Molly Moore (१४ अगस्ट २००६), "The Best Guerrilla Force in the World", The Washington Post 
  12. "Hezbollah's secret weapon", CNN, २५ जुलाई २००६, अन्तिम पहुँच २५ जुलाई २००६ 
  13. Cite warning: <ref> tag with name Engeland33 cannot be previewed because it is defined outside the current section or not defined at all.