फिदिम नगरपालिका
फिदिम नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०८′४६″N ८७°४५′५८″E / 27.146°N 87.766°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | मित्रप्रसाद काफ्ले (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | राधाकृष्ण न्यौपाने (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १९२.०५ किमी२ (७४.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,४९५ |
• घनत्व | २५०/किमी२ (६५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
फिदिम नेपालको कोशी प्रदेशको, पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो। यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो। यो कोशी प्रदेशमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ। फिदिम बजार भएको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ। [३]
यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागु र सिवा गाउँ विकास समितिहरू समावेश गरिएका थिए।
नामको उत्पति
फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फिदिम नगरपालिकाको कुल जनसङ्ख्या ४८,४९५ रहेको छ भने यहाँ १२,३३६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]